२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६ औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १३४ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न

२६ कार्तिक २०७५, सोमबार ०१:४६

सुरेन्द्र इङ्नाम | कात्तिक २६, केन्ट, बेलायत | गत ११ नोभेम्बर २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको हो ।

सदाको वर्षहरु जस्तै यस वर्ष पनि बेलायतको बिभिन्न ठाँउहरु बाट किराँत धर्मका भक्तजन र शुभ चिन्तकहरु भेला भएर १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दज्यूको १३४ औँ जन्म जयन्ति समारोहको आयोजना गरेको हो । 

प्रमुख अतिथि कियाचु युकेका पुर्ब केन्द्रिय अध्यक्ष सुबास चन्द्र जबेगु र अन्य अतिथि कियाचु थोरोक शाखाका वर्तमान अध्यक्ष दल प्रसाद आङ्देम्बे, कियाचु युके वेल्स शाखा अध्यक्ष पर्शु वनेम, समाजसेवि तथा लिम्बु भाषा तथा संस्कृति संरक्षक सुबर्ण नेम्बाङ्, पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास, धनकुटा समाजका अध्यक्ष पुर्ण फालेच्छा, संघीय लिम्बुवान यूकेका महासचिव राम ईजाम, मोरङ् नेपाल छेत्र नम्बर ६ का भुतपुर्ब सभासद श्रीमती तारा राई साथै अग्रज समाजसेबिहरुहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेपछि महागुरुको नाममा सेवासाबा रुद्र तुम्बापोले सेवापुजा सुरु गरेको थियो । 


सेवापुजा सकेपछि “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज”का वर्तमान अध्यक्ष दिपक तुम्बापोले महागुरुको जीवनी प्रस्तुत गरेका थिए ।

कार्यक्रमको मध्यान्तरमा यसै संस्थाका सदस्य श्री पुर्ण कुमार फालेच्छा हालै धनकुटा सेवा समाजको अध्यक्ष जस्तो गरिमामय पद सम्हाल्ने अवसर पाएकोमा संस्थाले कार्यकाल सफलता साथै बधाई दिए ।

अन्त्यमा अध्यक्ष दिपक तुम्बापोले सम्पुर्ण अतिथि, भक्तजन र शुभचिन्तकहरुलाई आजको कार्यक्रममा उपस्थित भई सफल पारिदिएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै कार्यक्रम औपचारिक रुपमा सकिएको र पुजा पछि खानपिनको ब्यवस्ता भएको पनि जानकारी दिदै समापन गरेका थिए । 

विहानको ११ बजे कार्यक्रम शुरु भएर दिउसो ५:३० बजे सकिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रकम चेम्जोङ्ले स्वागत मन्तब्य दिएका थिए र सचिव भगीरथ जबेगुले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य