२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रवासी नेपालीको मताधिकार सुरक्षित हुनुपर्छ’

२०७५, २८ कार्तिक बुधबार १३:२१

कात्तिक २८, काठमाडौँ (रासस) | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्ने बताउनुभएको छ । 

पार्टीको प्रवास विभागद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले कामविशेषले बाहिर रहेका प्रवासीले आफ्नो मुलुकको विकास निर्माणका साथै निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो । 

पार्टी सङ्गठनलाई महत्व दिई उच्च मनोबलका साथ सङ्गठन निर्माणको काममा अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले पार्टीको नीति तथा कार्यक्रमलाई देशव्यापी अभियानमा लैजानु अहिलेको मुख्य कार्यभार भएको विचार व्यक्त गर्नुभयो । 

अध्यक्ष थापाले हिन्दू राष्ट्र, राजसंस्था र हिन्दुत्वको प्रतीकका रुपमा रहेको ‘गाई’लाई चुनाव चिन्ह्का रुपमा पार्टीले छाड्न नसक्ने प्रष्ट पार्नुभयो । पार्टी एकताका निमित्त सदैव ढोका खुला छ भन्दै उहाँले कार्यकर्ताको भावनाको सम्मान गर्न आफ्नो दल एकताका निम्ति सकारात्मक रहेको बताउनुभयो । विभागका प्रमुख विजय खड्काले आगामी निर्वाचनमा प्रवासी नेपालीको मताधिकारको रक्षाका निम्ति सङ्गठनले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी