२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रवासी नेपालीको मताधिकार सुरक्षित हुनुपर्छ’

२८ कार्तिक २०७५, बुधबार १३:२१

कात्तिक २८, काठमाडौँ (रासस) | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्ने बताउनुभएको छ । 

पार्टीको प्रवास विभागद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले कामविशेषले बाहिर रहेका प्रवासीले आफ्नो मुलुकको विकास निर्माणका साथै निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो । 

पार्टी सङ्गठनलाई महत्व दिई उच्च मनोबलका साथ सङ्गठन निर्माणको काममा अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले पार्टीको नीति तथा कार्यक्रमलाई देशव्यापी अभियानमा लैजानु अहिलेको मुख्य कार्यभार भएको विचार व्यक्त गर्नुभयो । 

अध्यक्ष थापाले हिन्दू राष्ट्र, राजसंस्था र हिन्दुत्वको प्रतीकका रुपमा रहेको ‘गाई’लाई चुनाव चिन्ह्का रुपमा पार्टीले छाड्न नसक्ने प्रष्ट पार्नुभयो । पार्टी एकताका निमित्त सदैव ढोका खुला छ भन्दै उहाँले कार्यकर्ताको भावनाको सम्मान गर्न आफ्नो दल एकताका निम्ति सकारात्मक रहेको बताउनुभयो । विभागका प्रमुख विजय खड्काले आगामी निर्वाचनमा प्रवासी नेपालीको मताधिकारको रक्षाका निम्ति सङ्गठनले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य