२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

छाउगोठमुक्त हुँदै जुम्ला

२०७५, २९ कार्तिक बिहीबार १२:१५

कात्तिक २९, खलङ्गा | छाउगोठ मुक्त अभियान अन्तरगत जुम्लाको १२औँ बस्तीका रुपमा तिला गाउँपालिका–५ को चुलाकोट गाउँ आज छाउगोठ मुक्त घोषणा गरिएको छ । 

यसअघि ११ बस्ती छाउगोठ मुक्त घोषणा भइसकेका छन् । गाउँपालिकाको अगुवाइमा चुलाकोट बस्तीलाई छाउगोठ मुक्त घोषणा गरिएको हो । तिलाको ढिमकोट, रावतवाडा र जोडिवाडा गाउँ छाउगोठ मुक्त घोषणा भइसकेका छन् । छाउगोठ मुक्त घोषणा कार्यक्रममा सरोकारवालाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी स्थानीय जनप्रतिनिधि तथा आम गाउँवासीले महिनावारी नमान्ने प्रतिबद्धता गरेको वडाध्यक्ष कालीबहादुर बुढाले बताउनुभयो । 

यस्तै तातोपानी गाउँपालिकाको लाम्रा, श्रीनगर, हियाखोला र जैतपुर तथा पातारासी गाउँपालिका–५का माथिल्होर्प र तलिल्होर्प गाउँ समेत छाउगोठमुक्त भइसकेका छन् । हिमा गाउँपालिका–६ महावैपाथरखोला गाउँ शुरुवातमै छाउगोठ मुक्त भइसकेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी