२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलबर्नमा नयाँ विद्यार्थीलाई बिएमडब्लुद्धारा नि:शुल्क बारिस्टा तालिम

७ मंसिर २०७५, शुक्रबार ०६:४८

मङ्सिर ७, अष्ट्रेलिया | अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा स्थानिय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले नयाँँ आउने विद्यार्थीको लागि नि:शुल्क बारिस्टा तालिमको ब्यबस्था गर्ने भएको छ । यो तालिमको प्रशिक्षकको भूमिका न्यू कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले निर्बाह गर्नु हुनेछ ।     


तालिम १२:०० बजेदेखि १४:०० बजेसम्म Bell Street Canteen, Address 399 Bell street Pascoe Vale South 3044 मा उपलब्ध गराइनेछ । यस्का लागि तालिम लिन इच्छुकले बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीको कार्यालय Suite 218, 530 Little Collins Street, Melbourne मा ९:३० देखि १७:३० को समयमा कुनै पनि दिन गएर आफ्नो नाम दर्ता गर्न सक्नेछ । 

तालिमको दुई भाग हुनेछन । पहिलो सेसन कफी बनाउन र ग्राहकसंग कसरी व्यबहार गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्याबस्यक जानकारीमूलक कुराहरु जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा जान्नुपर्ने कुराहरुमा केन्द्रित हुनेछ ।


यो त्यही संस्था हो जस्ले दुई हजार डलर राशीको बिएमडब्लू कप अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट खेलप्रति खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले यो बर्षदेखि प्रदान गर्न शुरु गरिसकेको छ ।  

बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सी मेलबर्नका निर्देशक बिष्णु सापकोटा आफू शुरुमा अस्ट्रेलिया आउँदा भोग्न परेका समस्या नयाँँ आउनेहरुले भोग्न नपरोस भन्ने भावनाले यो नि:शुल्क तालिमको ब्यबस्था गर्न आफूलाई प्रेरित गरेको बताउनुहुन्छ । सहयोगी भावनाले ओतप्रोत भएर अस्ट्रेलिया जस्तो देशमा आएर पनि आफूले जस्तै नबागन्तुकहरुले दु:ख भोग्न नपरोस भनी यसरी नि:शुल्क तालिमको ब्यबस्था गरेकोमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले बधाई ज्ञापन गर्दै यो बर्षका उत्कृष्ट ५ जना सहभागीलाई Himalayan Experience Travel का तर्फबाट प्रदान गरिने बिशेष भेस्ट प्रदान गरिने जानकारी गराउनु भयो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य