२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भण्डारी पोल्याण्डमा

२०७५, १६ मंसिर आईतवार ०१:४२

श्यामल अधिकारी | मङ्सिर १६, वार्सा/पोल्याण्ड (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो । 

उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । 

उहाँका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि हुनुहुन्छ । परराष्ट्र मन्त्रालय, वातावरण र सञ्चार क्षेत्रका विज्ञलगायतका उच्च अधिकारी पनि यसैक्रममा वार्सा आइपुग्नुभएको छ । 

राष्ट्रपति भण्डारीले विश्वका १९६ मुलुकका सहभागीलाई जलवायु परिवर्तनसम्बन्धी नेपालको आधिकारिक धारणा बताउनुहुने कार्यक्रम रहेको छ । कार्यक्रमकै बीच राष्ट्रपतिले पोल्याण्डका समकक्षी सेवास्टियन दुदासँग भेटवार्तासमेत गर्नुहुनेछ । 

यसअघि राष्ट्रपति भण्डारी कतारको राजधानी दोहा पुग्नुहुँदा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत गायत्रीबहादुर पौडेललगायतका अधिकारीले स्वागत गर्नुभएको थियो । 


माथिको तश्वीरमा: संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औं सम्मेलनमा भाग लिन शनिबार पोल्याण्डतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अभिवादन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी