२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीका एक जनप्रतिनिधिद्वारा पारिश्रमिकबाट विद्यालयलाई सहयोग

२०७५, १९ मंसिर बुधबार ०६:४१

मङ्सिर १९, म्याग्दी | म्याग्दीका एक जनप्रतिनिधिले आफूले पाएको तलब दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्नुभएको छ । 

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा नं ५ अर्मनको सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई सहयोग गर्नुभएको हो । विद्यालयमा मङ्गलबार आयोजित समारोहमा अध्यक्ष रोकाले रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । 

अध्यक्ष रोकाले उपलब्ध गराएको रकम भवन निर्माणका लागि १५ आना जग्गा खरिद गर्दा लागेको ऋण तिरिने प्रअ रेशम सापकोटाले बताउनुभयो । जग्गा किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेका सिर्कुमवासीलाई सहयोगले राहत मिलेको प्रअ सापकोटाले बताउनुभयो । 

“चुनावमा सिर्कुमवासीसँग व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयन गरेको हुँ”, अध्यक्ष रोकाले भन्नुभयो । उहाँले आगामी दिनमा पनि तलबबापत प्राप्त हुने सुविधा समस्यामा परेका सामुदायिक विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइको रु १६ लाख अनुदानमा निर्माण भएको दुईकोठे भवनको उद्घाटनका अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले अध्यक्ष रोकालाई सम्मान गर्नुभएको थियो । 

मन्त्री पुनले दुर्गम र ग्रामीण क्षेत्रमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयको समस्या समाधानका लागि दरबन्दी मिलानको प्रक्रिया अघि बढाएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी