२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोमल ओली अमेरिकामा (हेर्नुहोस् तस्बिरसहित )

११ फाल्गुन २०७५, शनिबार ०५:५२

विजय थापा | फागुन ११, काठमाडौं | लोकप्रिय गायिका तथा राष्ट्रिय सभा सदस्य सांसद कोमल ओली अमेरिकाको वाशिंगटन डिसी आउनु भएको छ । सांसद ओली अमेरिकाको राजधानी वाशिंगटन डीसीमा आयोजना भएको नेपालको आर्थिक विकासमा सांस्कृतिक कूटनीतिक विषयक कार्यक्रमको लागि प्रमुख अतिथिको रुपमा अमेरिका आउनु भएको हो ।


वहा छोटो समयको लागि अमेरिका आउनु भएको हो । वहा डिसीबाट न्यू योर्क हुदै बोस्टन पुगेर नेपाल पुग्ने बताउनु भएको छ । वाशिंगटन डीसी स्थित नेपाली राजदुतबास तथा अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित इन्टरनेशनल डेभलपमेण्ट इन्स्टिच्यूट (आइडिआई) को सयुक्त आयोजनामा उक्त कार्यकम सम्पन्न भएको छ ।

प्रमुख अतिथि ओलीले आयोजकलाई धन्यबाद दिदै प्रधान मन्त्रिको शुभ कामना लिएर आएको बताउनु भयो । वहाले मन्तब्य राख्नु अगाडी तीन चरणमा भएको कार्यक्रममा वहालाई जिज्ञाशा राखेका थिए । आफ्नो मन्तब्यमा वहाले उत्तर दिनु भएको थियो । 


सांसद ओलीले आफू जन्मेको स्थान,आफ्नो शैक्षिक योग्यता ,संचारकर्मी र सानो देखि नै गीत गाउने अभिरुचि राखेको बताउनु भयो । वहाले नेपालको ७५ वटै जिल्ला ,विश्वका ३९ वटा राष्ट्रमा सांस्कृतिक कार्यक्रम र प्रस्तुतिमा भ्रमण गरेको बताउनु भयो । ओलीले मन्तब्य राख्दै कुनै देश आफूले १३ पटक भ्रमण गरेको छु भन्दै तर यो ठूलो देश सयुक्त राज्य अमेरिका पहिलो पटक भ्रमण गरेको बताउनु भयो । 

पत्रकार हुदै आफू राजनीतिमा होमिएको बताउदै गत निर्वाचन देखि नेपालको राजनैतिक अस्थिरता समाप्त भएको बताउनु भयो । ओलीले असल सुसाशन ,आर्थिक विकास भ्रष्टचार लगायतलाई निर्मुल गर्नु यो सरकारको मुख्य लक्ष्य रहेको बताउनु भयो । 

कार्यक्रम तीन चरणमा विभाजित गरिएको थियो । पहिलो वक्ता समूहमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की (विद्या वारिधि) तथा नेपालका लागि पूर्व राजदुत स्कट डेलेसी रहनु भएको थियो । 


उक्त पहिलो वक्ता समूहको बिषय नेपाल र अमेरिका बीच सांस्कृतिक कुटनैतिकका चुनौती तथा अवसर रहेको थियो । राजदुत कार्की तथा डेलेसीले यस सम्बन्धमा आफ्ना धारणा राख्नु भएको थियो । 

यस्तै गरि वक्ता समूह दुईका वक्ताहरुले कला ,संस्कृति तथा प्रवासी (डाएसपोरा )बिषयमा महा बाणिज्य दूत प्रेम राजा महत तथा सामाजिक अभियन्ता द्वय डा बिष्णु पौडेल तथा हरि शर्माले बोल्नु भएको थियो । 


यसै गरि तेश्रो वक्ता समूहमा दोश्रो पुस्ताका सांस्कृतिक कुटनैतिक बिषयमा आफ्ना कुराहरु राखेका थिए । कार्यक्रम संचालन आईडिआईका कार्यकारी प्रमुख सुमनराज तिमिल्सिना ले गर्नु भएको थियो भने आइडिआईका प्रवन्ध निर्देशक परशु नेपालले धन्यबाद ज्ञापन गर्नु भएको थियो । 

पहिलो चरणको कार्यक्रम संचालन टाउन अफ इन्डियन हेडका उप नगर प्रमुख किरण सिटौला तथा दोश्रो चरणको कार्यक्रम संचालन सामाजिक अभियन्ता प्रेम संग्रौलाले गर्नु भएको थियो ।


कार्यक्रममा डीसी क्षेत्रमा बसोबास गर्ने कलाकारहरुमा केसि डान्स सेन्टरका संस्थापक नविन केसी ,बाल्टिमोर बाट कलाकार पूजा चन्द लामा ,अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ( ईन्जा ) का अध्यक्ष गुणराज लुइँटेल ,साहित्यकार प्रकाश नेपाल , यूवा नेता तथा सामाजिक अभियन्ता प्रेम कुमार श्रेष्ठ लगायत आईडीआई का प्रशन्न पौडेल तथा मेरिना डंगोल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले वक्ता समूहलाई जिज्ञाशा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य