२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा

२०७६, ७ बैशाख शनिबार १७:४८

वैशाख ७, कतार |  खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन हुनुभएको छ । १९ अप्रिल २०१९ शुक्रबारका दिन दोहास्थित केरला कल्चर सेन्टरमा शुक्रबार सम्पन्न दशौँ अधिवेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा डिल्लीशेर खड्का, द्धितीय उपाध्यक्षमा दिनेश कार्की, महासचिवमा कैलाश श्रेष्ठ, सचिवमा परशुराम श्रेष्ठ, कोषाध्यक्षमा बलराम लोप्चन तामाङ र सहकोषाध्यक्षमा रविन शेर्पा चयन हुनुभएको छ । २१ सदस्यीय समितिको सदस्यमा बलराम आचार्य, महेश दाहाल, चुडामणि पुरी, गजेन्द्र राई, जीवन राई, राजकुमार राई, सन्तोष आले, विश्वराज खत्री, लोकेन्द्रबहादुर खड्का, गंगा पराजुली, यादव पुरी, मोहन कोईराला, रामकुमार मगर र महिला सदस्यमा गंगा गुरुङ चयन हुनुभएको छ ।

दोश्रो चरणको कार्यक्रम सुरु भए लगतै कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिसेष अतिथिहरुले दिप प्रजलन गरि ब्यनर उद्घाटन गरेका थिए ।  कार्यक्रममा रास्ट्रीय गित पश्चात प्रथम उपाध्यक्ष्य एकराज राइले स्वागत मन्त्यब्य सगै खोटाङको चिनारी पनि प्रस्तुत गरेका थिए  । 


साँस्कृति कार्यक्रम सहित आयोजना गरिएको अधिवेशन उद्घाटन कार्यक्रममा स्वागत गित तथा नृत्य नमस्ते खोटाङले कार्यक्रमनै  रौनक बनेको थियो ।  

कार्यक्रमको प्रमुख अतिथि एनआरएनए कतारका अध्यक्ष नगेन्द्र पोखरेल (नबिन) ले प्रवासबाट समाजले गृह जिल्लालाई गरेका कार्यको प्रशंसा गर्नुभएको थियो । समाजले गर्ने कार्यहरूप्रति आगामी दिनमा व्यक्तिगत र संस्थागत दुवैमा सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । कार्यक्रममा रोजगारीका सिलसिलामा कतार पुगेर स्थापना गरिएका विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले खोटाङ सेवा समाजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

खोटाङ सेवा समाज कतारले सस्थाका सस्थापक सदश्यहरु चानक पोख्रेल, भाइकाजी गुरुङ, अमृत कुमार राइ र धनकाजी गुरुङ लाइ दोसल्ला ओढाई सम्मान समेत गरेको थियो ।  त्यसै गरि सस्थाका विभिन्न कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुति दिनु भएकोमा उपस्तिथ सम्पूर्ण कलाकारहरुलाई कदर र प्रसंसा पत्रले सम्मान गरेको थियो । 


खोटाङ सेवा समाजले कतारमा पुगेर विभिन्न समस्यमा परेका खोटाङ्गे तथा गैरखोटाङ्गेलाई सहयोग गर्नुका साथै गृह जिल्लाको विकासको लागि एम्बुलेन्स सेवा जस्ता विभिन्न बिकाश निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । 

समाजका महासचिव कैलाश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा  सभापति निवर्तमान अध्यक्ष तिला बहादुर खत्री रहेका थिए । अन्त्यमा नब निर्बाचित अध्यक्ष्य रुद्र शर्माले बिगतमा भएका अपुराका हरुलाई निरन्तरता दिदै आगामी दिनमा नया उल्लेखनिय सामाजिक काम गर्ने प्रतिबद्दता समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश