३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

महोत्तरीमा एक युवकको हत्या आरोपमा गुप्ता र ठाकुर कारागार चलान

१ आश्विन २०७६, बुधबार ०६:०५

असोज १, जलेश्वर । करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ ।

जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ मा प्रियङ्का वस्त्रालय सञ्चालन गर्दै आएका स्थानीय राजेश गुप्ता र सोही पसलमा काम गर्दै आएका उनका कर्मचारी जलेश्वर नपा–८ बस्ने मिन्टु ठाकुर रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

गत साउन १६ गते गुप्ताकै पसलमा काम गर्ने अर्का कर्मचारी जलेश्वर नपा–६ बस्ने २९ वर्षीय सरोजकुमार साहको हत्या गरी स्थानीय रातुखोलामा फालिदिएको अवस्थामा शव बरामद भएकामा सरोजको हत्याको आरोपमा पसल सञ्चालक गुप्ता र कर्मचारी ठाकुरलाई मङ्गलबार साँझ महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको हो ।

प्रहरीले पसल सञ्चालक गुप्ता र उनका कर्मचारी ठाकुरलाई भदौ ३ गते नियन्त्रणमा लिएको थियो । मृतक कर्मचारी साहका परिवारजनले पसल सञ्चालक गुप्ता र उनका कर्मचारी ठाकुरले मिलेर सरोजको हत्या गरेको भन्दै दुवैमाथि किटानी जाहेरी दिएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर तीनपटकसम्म अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य पूरा गरी महोत्तरी जिल्ला अदालतमा पेश गरेपछि अदालतले दुवैलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको हो ।

फूल पाइन्ट र माथि गञ्जी मात्रै लगाएको, नाकबाट रगत बगेको तथा शरीरको अन्य भागमा चोटपटक लागेको सरोजलाई हत्या गरेको अवस्थामा प्रहरीले रातुखोला किनारमा फालिएको अवस्थामा शव बरामद गरेको थियो । प्रहरीले घटना रहस्यमय रहेको भन्दै अनुसन्धान गर्न बढी समय लिइरहेको देखेर पीडित परिवार र स्थानीयवासीले दोषीउपर चाँडोभन्दा चाँडो कारवाही हुनुपर्ने माग गर्दै भदौ २० गते जिल्ला सदरमुकाम जलेश्वर बन्द गराएका थिए भने जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला अदालतको अगाडिमा चर्को नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन