२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा एकैदिन थपिए ४८ हजार कोरोना संक्रमित

१९ असार २०७७, शुक्रबार १०:१७

असार १९, ब्राजिल । रासस/एएनआई । ब्राजिलमा कोरोना भाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन् । 

योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९६ हजार ८५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसैगरी ब्राजिलमा एकैदिनमा कोरोनाका कारण एक हजार २५२ जनाको मृत्यु भएको छ । उनीहरुका अनुसार कुल मृतकको संख्या ब्राजिलमा ६१ हजार ८८४ पुगेको छ ।

ब्राजिलमा एक दिन अगाडी भने २४ घण्टामा ४६ हजार ७१२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभरीको तथ्याङ्कअनुसार धेरै संक्रमित भएका देशहरुको सूचीमा ब्राजिल अहिले दोस्रो अग्रस्थानमा रहेको छ । पहिलो स्थानमा भने अमेरिका रहेको छ । 

कोरोनाबाट धेरै सङ्मितहरु रहेको देशहरुको सूचीमा रुस तेस्रो स्थानमा रहेको छ भने चौथोमा भारत, पाँचौमा स्पेन, छैठौँमा पेरु, सातौमा चिली, आठौमा बेलायत, नबौँमा इटली र दशौमा मेक्सीको रहेका छन् । विश्वभरी अहिलेसम्म २१५ देशका कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो