२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज ११ अन्तर्राष्ट्रिय उडानः एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

२० असार २०७७, शनिबार १५:४७

असार २०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ । सोही एयरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ ।

यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन आज राति दोहा र आबुधाबी प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ । उद्धार उडानका लागि टर्किस एयरलाइन्स पनि इस्तान्बुल प्रस्थान गरेको छ ।

त्यसैगरी कतार एयरवेजले दोहाबाट इजरायल र साइप्रस बाट १२७ जना र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको छ । भोलि आइतबार पनि नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजिरा एयरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो