२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका कारण लगाएको प्रतिबन्ध फुकुवा गर्दै कतार, अब के-के खुल्नेछन् ?

२०७७, १२ श्रावण सोमबार ०२:३५

योगेन्द्र योगी | साउन १२, दोहा | कतारले कोरोना भाइरसका कारण लगाएको प्रतिबन्ध क्रमस रुपमा फुकुवा गर्दै लैजाने भएको छ । कतारले चौथो चरणमा मुलुकलाई सामान्य तर्फ लैजाने अन्तर्गत जुलाई २८ देखि तेश्रो  चरण सुरु हुने सरुवा रोग विभागका प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । 

उनका अनुसार कतार ठूलो संख्यामा कोरोना परीक्षण गर्ने  देशहरूमध्ये एक भएको र जसको कारण धेरै घटनाहरूको प्रारम्भिक पहिचानमा सहयोग पुगेको पत्रकार सम्मेलन बताए । 

तेश्रो चरण सुरु भएपछि प्रथामिकताको आधारमा आप्रबासी कामदारहरुले कतार प्रवेश पाउने छन् भने कतार आउनेहरुले एक हप्ता अनिबार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने जनाएको छ । 

ड्राइभिङ् स्कुल खुल्ने छन्, होलसेल पसलहरु ३० प्रतिसत खोल्ने पाउने छन् भने सुपर मार्केटहरु ५० प्रतिसत खोल्ने पाउने समेत जनाएको छ । होटलहरु पनि ५० प्रतिसत खोल्न पाउने छन् । हरेक दुई मिटरको दुरीमा टेबल राख्नु पर्ने तथा एउटा टेबलमा ४ जना मात्र बस्न पाउने छन् । 

बिशेष सावधानी अपनाएर ८० प्रतिसत कामदारले काम गर्न पाउने छन् । निजी मेडिकलहरु ८० प्रतिसत क्षमता राखेर खोल्न पाउने छन् भने बिना दर्शक खेलकुद प्रतियोगिता गर्न पाउने छन् । 

कतार प्रवेश गरिसकेपछि अनिबार्य रुपमा एह्तराज एप प्रयोग गर्नु पर्ने छ भने स्थिति सामान्य बन्दै गए सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।   

हालसम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ३ सय ५ जना पुगेको छ । उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ लाख ६ हजार २४ जना पुगेको छ भने हालसम्म कोरोनाको कारण १६५ जनाले मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी