२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६ भदौपछि हुने नियमित उडानमा विदेशबाट नेपाल को-कोले आउन पाउँछन् ?

१४ भाद्र २०७७, आईतवार १५:०८

भदौ १४, काठमाडौं । सरकारले १६ भदौदेखि लागू हुने गरी नियमित उडानको तालिका बनाएको छ । जस अनुरुप दैनिक ५०० जना नबढ्ने गरी विभिन्न मुलुकबाट हरेक दिन नियमित दुई उडान हुने भएका छन् ।

विदेशबाट आउने नियमित उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी जुनसुकै देशबाट नेपाल आउन सक्छन् । तर, विदेशी पर्यटकलाई भने नेपाल आउने अनुमति दिईएको छैन । तर, सरकारले कुटनीतिक नियोग, विकास साझेदार कम्पनीका कर्मचारी तथा पदाधिकारीलाई नेपाल आउन दिने भएको छ । सोहीअनुसार सरकारले कुल ३३ वटा निकाय तथा संस्थाका कर्मचारी, प्रतिनिधि र उनीहरुका परिवारका सदस्यलाई भने नेपाल आगमनको अनुमति दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघ मातहतका डेड दर्जन निकायका कर्मचारी तथा पदाधिकारी र उनीहरुका परिवारका सदस्यलाई नेपाल आउने अनुमति दिइएको छ । नियमित उडानबाट नेपाल आउन पाउनेहरुमा संयुक्त राष्ट्रसंघ अन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), संयुक्त राष्ट्रसंघ शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को), संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपीए) र खाद्य तथा कृषि संगठन (एफएओ)का कर्मचारीहरु रहेका छन् ।


त्यस्तै अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघ बाल कोष, संयुक्त राष्ट्रसंघीय सूचना केन्द (युएनआइसी), यूएन वुमन, संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन, विश्व बैंक मातहतका अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) र पुनर्निर्माण तथा विकासका लागि अन्तराष्ट्रिय बैंक (आईबीआरडी)का कर्मचारी तथा प्रतिनिधिलाई समेत नेपाल आउन दिइने भएको छ ।

त्यस्तै एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी), अन्तर्राष्ट्रिय कृषि विकास कोष, जर्मनी, जापान, कोरिया, अमेरिका, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय सहायता एजेन्सीका कर्मचारी र उनीहरुका परिवारलाई समेत नेपाल आउने अनुमति मिल्नेछ ।

यी निकायका कर्मचारी र प्रतिनिधिलाई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगले भिसा उपलब्ध गराउने छ । नेपाल आउने सबैको पीसीआर अनिवार्य हुनुपर्छ । नेपाल आइसकेपछि भने विदेशीहरु ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो