२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट हिमालय एयरलाइन्सले थप ४ उडान गर्ने, कहिले हुँदैछ उडान ?

१६ भाद्र २०७७, मंगलवार ०१:३४

भदौ १६, दोहा | कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन कतारबाट पछिल्लो चरणमा ४ वटा उडान तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको जनाएको  छ ।

ती उडानहरुका लागि प्राथमिकता सूचिमा नाम भएका व्यक्तिहरु तथा दूतावासले प्राथमिकता सूचिमा समावेश गरी उक्त एअरलाईन्समा यात्रा गर्नका लागि नाम प्रकाशित गरिसकेका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत हवाई टिकटका लागि ट्राभल एजेन्सीमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । 

नेपाल सरकारको निर्णयबमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोरोना नेगेटिभ भएको प्रमाणपत्र लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईने दूतावासले जनाएको छ ।


यात्रा गर्दा पीसीआर परीक्षणको सक्कल प्रमाण साथमा राख्नु पर्नेछ । पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने र पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको दूतावासले जनाएको छ ।

होटल क्वारेन्टिनको खर्च टिकट काटने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एअरलाईन्सले नै गर्नु पर्नेछ। पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिनेछ । 

नेपाल एयरलाईन्सले गर्ने दोहा-काठमाण्डौ सेक्टरका उडानहरुका लागि प्राथमिकता सूचिको थप नामावली प्रकाशित गर्दै लगिने दूतावासले जनाएको छ । कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या १० हजार भन्दा बढी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो