२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

२०७७, २१ भाद्र आईतवार ०५:०३

भदौ २१,  काठमाडौँ । बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । 

नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ डा हरिप्रसाद पोखरेलले जैविक कृषि पद्धतिलाई बिर्सिएर रासायनिक मल प्रयोग गर्दा सबै खानेकुरामा मन्द विष मिसिन थालेको बताउनुभयो । “आजभन्दा ५० वर्ष अघिसम्म जैविक कृषि प्रणाली थियो, त्यसलाई बिर्सिएर उत्पादन बढाउने नाममा रासायनिक मल भित्र्याएर उब्जनी गर्दा ती अनाजका माध्यमबाट धेरै नसर्ने रोग फैलिएका छन्, दूध धेरै निकाल्न गाई, भैँसीमा लगाइने हार्मोन र एन्टियोबायोटिक जस्ता सुईले समेत मन्द विषको काम गरेका छन्”, उहाँले भन्नुभयो ।

जैविक कृषिसँगै योग, प्राकृतिक चिकित्सा पद्धतिका उपचार शैली बिर्सँदासमेत आधुनिक पद्धतिका औषधिका माध्यमबाट आएको ‘साइड इफेक्ट’ ले समेत रोग भित्र्याएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ योग तथा प्राकृतिक चिकित्सा विभागका प्रमुख रहनुभएका पोखरेलको भनाइ छ । आधुनिक चिकित्सा पद्धति शल्यक्रिया र आकस्मिक रोगका लागि फलदायी भएको उल्लेख गर्नुहुँदै उहाँले अन्य स्वास्थ्य समस्यामा आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धति राम्रो रहेको अनुभव सुनाउनुभयो ।

“जुनसुकै उपचार पद्धतिका राम्रा कुरा ग्रहण गरी नराम्रा कुरालाई त्यागिदियौँ भने हामी आरोग्यता प्राप्त गर्न सक्छौँ, कुनै पनि पद्धतिको अन्ध समर्थन गर्नुपर्दैन, सबै रोगको उपचार जडिबुटीमै भएकाले त्यसलाई चिन्नुपर्छ”, पोखरेलले भन्नुभयो ।

मानिसको सुत्ने, उठ्ने समयलगायत जीवन शैलीले पनि विभिन्न प्रकारका रोग आउने गरेकाले सचेत हुन उहाँले आह्वान गर्नुभयो । इन्टरनेटलाई दुरुपयोग गरेर घण्टौँ झुम्मिँदासमेत मानिस अनेक रोगका शिकार बनिरहेकाले सन्तुलित जीवन शैली रहेको परम्परागत पद्धतिको पुनःस्थापना गर्न पोखरेलले ध्यानाकर्षण गराउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी