२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका कारण विदेशमा २ सय ४४ नेपालीले ज्यान गुमाए, ७५ हजार ६६० जना स्वदेश फर्किए

२०७७, ८ आश्विन बिहीबार १३:१३

असोज ८, काठमाडौँ | कोरोना महामारीको कारण नेपाल बाहेक बिभिन्न देशमा दुई सय ४४ नेपालीले ज्यान गुमाएका छन् । 

गत शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताएका छन् । कोरोना  सङ्क्रमणबाट यो हप्ता अमेरिकामा थप एक जनाको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । 

स्वास्थ्य समितिका अनुसार पछिल्लो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ सङ्क्रमण देखा परेको छ । 

समितिका अनुसार अहिलेसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

एनआरएनएको तथ्यांकअनुसार नेपाल सहित विश्वभर १ लाख ८ सय ३१ जना नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् ।  

७५ हजार ६६० जना स्वदेश फर्किए 

कोरोना भाइरसको सङ्क्रमणपछि बिभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई चार्टर्ड तथा नियमित उडानबाट ल्याउने क्रममा हिजो बुधबारसम्म स्वदेश फर्कनेको संख्या ७५ हजार ६६० पुगेको छ । यस क्रममा सबै भन्दा बढी युएईबाट स्वदेश फर्किएका छन् । युएईबाट मात्र २२ हजार ५४ जना स्वदेश फर्किएका छन् । त्यस्तै साउदीबाट ११ हजार ४१६ जना स्वदेश फर्किएका छन् । 

विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरेको जनाएको छ ।

अहिलेसम्म  एनआरएनएले कोरोना महामारीका कारण समस्यामा परेका १ लाख ५० हजार गैरआवासीयलाई स्वास्थ्य समाग्रीदेखि खाद्यान्नसम्म   सहयोग गरेको छ ।  संघका कोसाध्यक्ष महेश श्रेष्ठका अनुसार कोरोनाबाट बिभिन्न देशमा प्रभावित नेपालीहरुलाई राहत वितरणको कार्य निरन्तर भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी