२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलव्ध हुने

२० आश्विन २०७७, मंगलवार १२:०६

असोज २०, काठमाडौँ । कतारले आफ्नो मुलुकमा रहेका र ‘खोप आवश्यक पर्ने’ सवैलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निःशुल्क रुपमा उपलव्ध गराउने जनाएको छ । कतारको स्वास्थ्य मन्त्रालयले खोप आवश्यक पर्ने सवैलाई सो खोप निःशुल्क उपलव्ध गराउने बताएको हो । हमाद मेडिकल कर्पोरसनको ईन्फेक्सन डिजिज विभाग प्रमुख समेत रहेका डा. अव्दुल्लाह अल खालले यसका लागि कतारले केहि हप्ता वा महिना भित्रै पर्याप्त खोपको प्रवन्ध गर्ने प्रयास गरिरहेको बताएका छन् ।

कतार ट्रिव्यूनका अनुसार खोपले अनुमति पाउने वित्तिकै कतारले प्राप्त गर्नेगरी कतारको स्वास्थ्य मन्त्रालयले प्रयास जारी राखेको उनले बताएका हुन् । यसका लागि फिजर कम्पनीसँग यसअगाडी नै कतारले खोप उपलव्ध गराउने सम्वन्धमा सम्झौता गरिसकेको उनले बताए । सो कम्पनी कोभिड-१९ विरुद्धको खोप बनाउने प्रयासमा रहेका विभिन्न कम्पनीहरु मध्ये एक हो । सो कम्पनीले तयार पारेको खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ । सो क्रममा विभिन्न मुलुकका ४४ हजार व्यक्तिमा सो खोपको परीक्षण हुँदैछ । सो कम्पनीको खोपले अक्टोवर वा नोभेम्वर महिनामा आम रुपमा लगाउन अनुमति प्राप्त गर्ने अपेक्षा गरिएको खालले बताए ।

कतारले डिसेम्वर महिनासम्ममा वा सन् २०२१ को सुरुवातमा पहिलो चरणमा खोप प्राप्त गर्ने विश्वास गरिएको समाचारमा जनाइएको छ । सो कम्पनीका अलावा अन्य कम्पनीहरुसँग पनि कतारको छलफल चलिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो