२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बाहिर जिल्लाबाट गाउँ फर्कनेले १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

२०७७, ३० आश्विन शुक्रबार ०७:२३

असोज ३०, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा जिल्ला बाहिरबाट आएकाहरु १४ दिन क्वारेनिटनमा बस्नुपर्ने भएको छ । चाडवाड नजिकिदैँ गर्दा मानिसहरुको आवागमन बढ्ने र जिल्ला बाहिर भएकाहरु घर फर्कदाँ कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिको हो ।

आज प्रेस नोट जारी गर्दै गउँपालिकाले संक्रमण बढीरहेको बेला जहाँ छ त्याही बसेर दशैँ मनाउन पनि अनुरोध गरेको छ । अति आवस्यक काम बाहेक अन्य समयामा बाहिर हिँडडुल नगर्न र होम क्वारेन्टिनमा रहदाँ स्वास्थ्य समस्या आएमा गाउँपालिका अध्यक्ष, स्वास्थ्य शाखा संयोजक वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

साथै गाउँपालिकाले चाड पर्व मनाउदाँ पारिवारिक रुपमा आफ्नो घरमा सिमित रही सुरक्षित तवरले मनाउन र खेलकुद जात्रा मेला लगायत कुनै पनि किसमिका धार्मिक, सांस्कृतिक तथा राजनैतिक कार्यक्रमहरु आयोजना नगर्न समेत अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने