२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिषामा नेपालबाट युएई जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ व्यवस्था

२०७७, ३० आश्विन शुक्रबार १३:४६

असोज ३०, काठमाडौँ | संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित बिभिन्न देशबाट भिजिट भिषामा आउनेहरुका लागि नयाँ व्यवस्था गरेको छ । नेपालसँगै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट युएई आउनेहरुका लागि नयाँ व्यवस्था अवलम्वन गर्न आफूहरुले निर्देशन प्राप्त गरेको हवाई कम्पनीहरु तथा ट्राभल एजेण्टहरुलाई उधृत गर्दै स्थानीय सञ्चार माध्ममहरुले समाचार प्रकाशन गरेका छन् ।

गल्फ न्यूजका अनुसार सयौं व्यक्ति दुवई एयरपोर्टमा अलपत्र परेपछि नयाँ व्यवस्था लगाइएको हो । पाकिस्तान तथा भारतबाट युएई आएका सयौ व्यक्ति कोभिड १९ सम्वन्धी आवश्यक कागजात विना नै आएका भन्दै विमानस्थलमा नै रोकिएका छन् । उनीहरुलाई स्वदेश फर्काउन थालिएको छ ।


यसैगरी भिजिट भिषामा युएई आउनेहरुसँग कम्तिमा २ हजार दिर्हाम साथमा हुनुपर्ने नियम समेत लगाइएको छ ।

नयाँ व्यवस्था अनुसार नेपाल लगायतका ति मुलुकबाट भिजिट भिषामा युएई आउनेहरुसँग दुईतर्फी हवाई टिकट साथमा हुनुपर्ने नियम छ । यदि कुनै व्यक्तिले युएई प्रवेशको अनुमति प्राप्त गर्न नसकेमा उसलाई सम्वन्धीत व्यक्ति आएकै मुलुक फिर्ता लैजाने दायित्व सम्वन्धीत विमान कम्पनीको नै हुने जनाइएको छ ।

नेपालले यसअघि देखि नै भिजिट भिषामा जानेहरुसँग दुई तर्फी टिकट हुनुपर्ने व्यवस्था लागु गर्दै आएको छ । तर पनि आकर्षक रोजगारीको अपेक्षामा तथा युएई हुँदै अन्य मुलुक जान चाहनेहरु भिजिट भिषामा जाने गरेका छन् । भिजिट भिषाको नाममा हुने मानव तस्करी रोक्न विभिन्न समयमा आवाज उठ्दै र केहि प्रयत्न हुँदै आएको भएपनि यो रोकिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर