२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

२ मंसिर २०७७, मंगलवार ०५:२९

मङ्सिर २, सुदूरपश्चिम । सदूरपश्चिम प्रदेशमा कोभिड–१९का कूल सङ्क्रमित १० हजार ५३५ पुगेका छन् । तीमध्ये आठ हजार ८१३ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा पाँच जना उपचाररत छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा यो रोगको सङ्क्रमणबाट अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा १७ जनाको मृत्यु भएको छ । यस्तै बझाङमा तीन, अछाम, बाजुरा, कञ्चनपुर र डडेलधुरामा दुई/दुई र बैतडी, दार्चुला र डोटीमा एक/एक जनाको मृत्यु भएको छ ।

पछिल्लो दुई हप्तायता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुने दर बढ्दै गएको छ । यो अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ ।  सङ्क्रमितमध्ये होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

मन्त्रीमा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उहाँका स्वकीय सचिव लोकेन्द्र धामीले राससलाई जानकारी दिनुभयो ।

कोरोनाको सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बस्नुभएका मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताउनुभयो । यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएकोको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह कोरोना सङ्क्रमित भई हाल काठमाडौँमा उपचाररत हुनुहुन्छ । गएको कात्तिक १५ गते उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँका स्वकीय सचिव जङ्गबहादुर विकले मन्त्री शाहको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य