२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

योग अध्यापनमा नेपालीलाई अष्ट्रेलियामा अवसर

२०७७, २१ पुष मंगलवार १२:२१

पुस २१, काठमाडौँ | अष्टे«लियामा नेपालीद्वारा सञ्चालित शिक्षालयलाई योग शिक्षामा विशिष्ट स्नातक तहसम्मको अध्यापन गर्न पाउने गरी इजाजत प्राप्त भएको छ । विश्व योग अलायन्स तथा योग अलायन्स इन्टरनेशनल, अष्ट्रेलियाली ट्रेड फेयरले लामो अध्ययन अनुसन्धान र प्रक्रिया पूरा गरेपछि निर्धारित पाठ्यक्रमलाई मान्यता दिँदै इजाजत दिएको हो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजअन्तर्गत ‘महाशक्ति खुशी योग (महायोग कलेज)’ नामको शिक्षालयलाई इजाजत दिएको आचार्य राजन शर्माले जानकारी दिए ।

योग शिक्षाको शोध, अध्यापन र प्रवद्र्धन गर्दै आएका नेपाली योग गुरु शर्मा प्रमुख प्राचार्य रहने गरी इजाजत दिइएको हो । सो शिक्षालयले विश्वभरनै आफ्नो शाखा सञ्चालन गर्न पाउने तथा अनलाइनमार्फत स्नातक तहसम्मका कक्षा सञ्चालन गर्न पाउने भएको छ । अष्ट्रेलियास्थित भिक्टोरिया विश्वविद्यालयअन्तर्गत एजुकेशन सेन्टर अष्ट्रेलियाको समेत समन्वयमा कक्षा सञ्चालन गर्न सरोकार भएका निकायबीच सम्झौता भएको कलेजका प्रमुख आचार्य शर्मा (भीमसेन सापकोटा) ले बताए । 

यसअघि समाजलाई २०० घण्टे आधारभूत योग शिक्षक अध्यापनको मात्र इजाजत थियो । विश्वका योग अलायन्सले मान्यता दिएको पाठ्यक्रममा आधारित रहेर समाजले अनलाइनमार्फत २०० घण्टे अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण नेपालीका लागि निःशुल्क प्रदान गर्दै आएको छ । नेपालबाट सिक्न चाहनेका लागि पूर्ण छात्रवृत्ति तथा निःशुल्क शिक्षा प्रदान गरिने र प्रति प्रशिक्षार्थीबापतको बीमा र अन्य शुल्क कलेजका प्राचार्य शर्माले व्यक्तिगतरुपमा ब्यहोर्नुहुने जनाइएको छ ।

यसमा उत्तीर्ण हुनेलाई विश्वका कुनै पनि स्थानमा व्यावसायिकरुपमा वा साधना प्रवद्र्धन गराउन योग प्रशिक्षण गर्ने इजाजत प्राप्त हुनेछ । योसँगै योग प्रादुर्भाव भएको भूमि नेपालमा योगको जतिसुकै उच्च शिक्षा हासिल गरे पनि विदेशमा मान्यता नपाउने विदेशीले बनाएको जटिल प्रावधान तोडिएको छ । विदेशी योग अलायन्सले यसअघि यो कोर्षमार्फत नेपालबाट प्रति व्यक्ति रु एक लाख वा सोभन्दा बढी रकम लिने गरेका थिए ।

योग प्रशिक्षणको नाममा अन्य छिमेकी देशलेसमेत नेपालीबाट ठूलो रकम असुल्दै आएकोमा अब नेपालीले निःशुल्क अध्ययन गर्न पाउने भएका छन् । यो सबै नेपालीका लागि खुशीको विषय बनेको योग प्रवद्र्धनमा साझेदार बन्दै आएको संस्था मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीले बताए । समाजले अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त पाँच हजारभन्दा बढी योग शिक्षकको जन शक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । संयुक्त राष्ट्र सङ्घमार्फत नेपाललाई योग गुरु र गन्तव्य देश घोषणा गर्न लगाउने अर्को चरणमा महाभियान प्रवेश गरेको संस्थाले जनाएको छ ।

यसअघि विश्व योग अलायन्स र अष्ट्रेलियाली योग अलायन्सले आचार्य शर्मालाई विश्वकै प्रभावशाली योगगुरुको सूचीमा राखेर ‘मास्टर योग टिचर’ को उपाधि दिएको थियो । जुन उपाधि आजसम्म विश्वका २९ जनालाई मात्र प्रदान गरिएको जनाइएको छ । शर्माद्वारा सञ्चालित योग कक्षाले दुई वटा विश्व अभिलेख कायम गरिसकेको योगा अलाअयन्स अष्ट्रेलियाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । 

योग विद्यालाई औपचारिक शिक्षाको रुपमाभन्दा पनि समाधिमा पुग्ने ब्रह्म विद्याको रुपमा साधना गर्ने, गराउने आफ्नो अभियान रहँदै आएको बताउने प्राचार्य योगी शर्मा यो निर्णयले औपचारिक शिक्षाको प्रमाणपत्र खोज्ने भौतिक जगत्का लागि पनि जवाफ दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी