२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिबाना

२०७८, १२ बैशाख आईतवार ११:२४

बैशाख १२, काठमाडौं । खाडी देश साउदी अरेबियाले जानाजान कोरोना भाइरसको सङ्क्रमण फैलाउने जोकोहीलाई कडा कारबाही गरिने घोषणा गरेको छ । 

साउदीले आफूले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको साउदीका अधिकारीहरुलाई उदृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ । गल्फ न्युजका अनुसार साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना तोकेको हो । 

यस्तै कोरोना सङ्क्रमण फैलाउने आप्रवासीलाई पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने पनि जनाइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलाउने कार्यलाई साउदीले अपराध भनेको छ । साउदीले गएको डिसेम्बर १७ देखि त्यहाँका नागरिक र आप्रवासीहरुलाई निःशुल्क रुपमा कोरोनाको खोप प्रदान गर्दै आएको छ । साउदीका अधिकारीहरुले जनाएअनुसार साउदीभर विभिन्न ५ सय ८७ खोप केन्द्रमार्फत अहिलेसम्म ८० लाख मानिसलाई खोप लगाइसकेको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ४ लाख १० हजार १९१ जनामा कोरोना सङ्क्रमण भएको छ भने ६ हजार ८ सय ७८ कोरोना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते