२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी सहित बिभिन्न देशमा रहेका नेपाली राजदूतबीच छलफल

२०७८, २२ बैशाख बुधबार ०८:३४

वैशाख २२, काठमाडौँ | खाडी सहित बिभिन्न देशमा रहेका नेपाली राजदूतबीच छलफल भएको छ । नेपाली दूतावास मस्कट(ओमान)को संयोजनमा मंगलबार नेपाली राजदूत तथा उपनियोग प्रमुखहरुको सहभागितामा वेबिनार सम्पन्न भएको हो । 

ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको संयोजनमा भएको उक्त वेबिनारमा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, साउदीस्थित नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपूत,  कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, कतारस्थित नेपाली राजदूत डा. नारदनाथ भारद्वाज, यूएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल, मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डे, इजरायलस्थित नेपाली राजदूत डा. अञ्जान शाक्य, पाकिस्तान स्थित नेपाली राजदूत तापस अधिकारी, दक्षिण अफ्रिकास्थित नेपाली राजदूत डा. निर्मलकुमार विश्वकर्मा र इजिप्टस्थित नेपाली उप-नियोग प्रमुख दिपक घिमिरे लगायतको सहभागिता रहेको थियो ।

उक्त वेबिनार छलफल कार्यक्रममा पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नुपर्ने कदममा सम्बन्धमा छलफल भएको बताइएको छ । उक्त वेविनारमा बिभिन्न देशस्थित नेपाली राजदुतहरुले आफूहरु रहेको देशमा कोरोनाको अवस्था, नयाँ भेरियन्टको प्रभाव र त्यसको नियन्त्रणका लागि सम्बन्धित देशले चालेको कादम र प्रभावबारे ब्रिफिङ गरेका छन् । त्यस्तै सहभागीहरूले नयाँ भेरियन्टको बढ्दो संक्रमण र जोखिमका कारण विभिन्न देशहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध तथा त्यहाँ रहेका नेपाली समुदायमा पर्ने प्रभावको सम्बन्धमा पूर्व सूचना, तयारी, उद्धार तथा राहत सम्बन्धमा आ-आफ्नो कुराहरु राखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते