साउदीमा आज १०१६ जना संक्रमित थपिए, खोप प्रभावकारी रहेको ठहर

Posted on: 05 May, 2021

वैशाख २२, काठमाडौँ | साउदीमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १२ जनाको मृत्यु भएको छ भने १०१६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भएका ९०० जना निको भएका छन् ।

साउदीको रियादमा मात्र आज थपिएका संक्रमितको संख्या ३७३ जना रहेका छन् । आजको सहित साउदीमा संक्रमितको कुल संख्या ४ लाख २२ हजार ३१६ पुगेको छ । साउदीमा हाल ९ हजार ६९१ जना कोरोना संक्रमित सक्रिय अवस्थामा छन् । जसमध्ये १ हजार ३४६ जना गम्भीर अवस्थामा छन् । 

तलको तस्वीरमा: साउदीमा आज संक्रमितहरुको अवस्था कुन ठाउँमा कति ? 

साउदीमा कोरोना भ्याक्सिन लगाउने काम पनि जारी छ । साउदी सरकारको अनुसार कोरोना भ्याक्सिन साउदीमा प्रभावकारी र सुरक्षित रहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!