२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार सरकारद्वारा १४ नेपालीलाई आममाफी दिने घोषणा

२०७८, २३ बैशाख बिहीबार १२:४३

वैशाख २३, काठमाडौँ | रमादान पर्वका अवसर पारेर कतार सरकारले १४  नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित कारागारमा रहेका नेपालीलाई आममाफी दिँदै आएको छ । दोहास्थित नेपाली दूतावासले नेपाली कैदीबन्दीको रिहाइका लागि कतार सरकारसमक्ष अनुरोध गरेको थियो । आममाफी पाएका नेपालीको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिने दूतावासले जनाएको छ । 

यसैबीच कतारले छिट्टै नयाँ नोट प्रचलनमा ल्याउने घोषणा गरेको उल्लेख गर्दै दूतावासले आफूसँग रहेका पुराना कतारी नोट तत्काल सटही गर्न त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ । कतारले २०२१ जुलाई १ देखि पुराना नोट चलनचल्तीमा ल्याउन नपाइने जनाएको छ । कतारले राष्ट्रिय दिवसको अवसर पारी २०२० डिसेम्बर १८ देखि पाँचौँ संस्करणको नयाँ कतारी रियालको नोट प्रचलनमा ल्याएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते