२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने

२४ बैशाख २०७८, शुक्रबार ०५:३५

वैशाख २३, लन्डन (रासस) । प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्न बिहीबार बृहत् भेला गरेको छ । सो भेलाले नेपालमा कोभिड महामारीविरुद्ध लड्न रु ५० लाखको ‘कोभिड–१९ च्यालेन्ज फन्ड’ खडा गर्ने घोषणा गरेको छ ।

कोभिड च्यालेन्ज फन्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गर्ने र कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धिमा लगानी गर्ने घोषणा गरेको छ । भेलालाई बेलायतस्थित हडस्फिल्ड युनिभर्सिटीका प्रोफेसर डा पदम सिम्खडाले नेपालमा कोभिड महामारीको भयावह अवस्था र कोभिड–१९ विरुद्धको लडाइँमा विश्वको अनुभव विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा सम्पन्न भएको भेलामा युरोपका विभिन्न देशका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा अगुवा नेताको उपस्थिति रहेको थियो । भेलामा फिनल्यान्डका अध्यक्ष कोमल पौडेल, स्विडेनका अध्यक्ष चिरञ्जीवी खरेल, नर्वेका अध्यक्ष विश्वास बजगाईं, डेनमार्कका अध्यक्ष शिव चापागाईं, जर्मनीका सचिव सनतकुमार गौतम, जर्मनीका सचिवालय सदस्य युवराज अधिकारी, गोविन्दराज पाण्डे, रुद्र केसी र राजेशलाल श्रेष्ठ, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, सचिव बुद्धि बराल, फ्रान्सका अध्यक्ष भक्तबहादुर वाग्ले क्षत्री,  स्पेनका अध्यक्ष हेम शेर्पा, स्पेनका पूर्वअध्यक्ष तथा एनआरएन युरोपका डिआरसी मुक्त गुरुङ, पोर्चुगलका अध्यक्ष मदन लिम्बू, साइप्रसका अध्यक्ष लोकराज रोक्कामगर, चेक रिपब्लिकका अध्यक्ष उत्तम आचार्य, युकेका उपाध्यक्ष सुरेन्द्र थपलिया, महासचिव सुरेशजङ्ग शाह र पब्लिक हेल्थ विभागका प्रमुख राजु न्यौपानेले आ–आफ्नो मन्तव्य तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।

प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटीले गत मङ्गलबार पनि एक कार्यक्रम आयोजना गरी नेपालमा बढ्दै गएको कोरोना रोकथामका लागि प्रवासबाट स्वास्थ सामग्री पठाउने निर्णय गरेको थियो । उक्त सामग्री खरीद प्रक्रिया र कोष खडा गर्ने काम सँगसँगै अघि बढाइने अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो