२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका गोलीकाण्डमा मारिएका र घाइते भएका नेपाली को-को हुन् ?

२७ बैशाख २०७८, सोमबार ०४:३६

वैशाख २७, काठमाडौँ | अमेरिकाको मेरिल्याण्ड राज्यमा सनिबार एक नेपाली मारिएका छन् । मेरिल्याण्डको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा एक नेपाली सहित चार जनाको मृत्यु भएको थियो । उक्त घटनामा मारिएका नेपाली युवा संखुवासभा खादवारी नगरपालिका ६, तल्लो पांठाका करिव २५ वर्षका सागर घिमिरे हुन् । 

उक्त गोलीकाण्डमा ज्यामृत्यु भएकामध्ये घिमिरे सहित दुई स्पेनी नागरिक हुन् भने अर्का एकजनाको प्रहरीले पहिचान दिएको छैन ।

छात्रवृत्तिमा अध्ययनको लागि अमेरिका पुगेका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर पुगेका थिए । बाल्टिमोरमा केहि समय काम गरेर उनि नेपाल फर्किने योजनामा थिए ।


प्रहरीका अनुसार एक जना मानसिक सन्तुलन गुमाएका ५६ वर्षीय एभर्टन नामका व्यक्तिले एक घरमा आगो लागाएका थिए अनि बाहिर भाग्ने क्रममा अन्धाधुन्द गोली चलाएका थिए ।  घटनास्थलमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउने क्रममा एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भएको थियो ।

आगलागी भएकै घरछेउमा सागर र सर्लाहीका श्याम अधिकारी बस्थे। 

उक्त घटनामा सर्लाही घर भएका श्याम अधिकारीलाई पनि गोली लागेको छ । घाइते अधिकारीको यूनिभर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर अस्‍पतालमा उपचार भइरहेको छ । 

घटनामा परेका नेपालीहरू दुबै संगै बस्ने रुममेट साथि थिए । दुवै जनाले नेपालमा प्लस टु सकेर अमेरिका गएका थिए। 

उनिहरु आगो लागेको घरसँगै बस्थे । शनिबार बिहान सुतिरहेको बेलामा एक्कासी ठूला ठूला आवाज आउन थालेपछि श्याम ब्युँझिएका थिए । घाइते श्यामले दिएको जानकारी अनुसार आफ्नै कोठामा सुतिरहेका सागरलाई उठाएर बाहिर भाग्ने क्रममा घटना भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो