२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया र साउदीमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण, कति छन् संक्रमित ?

२०७८, ६ जेष्ठ बिहीबार ०६:५४

जेठ ६, काठमाण्डौ । नेपालीहरुको प्रमुख श्रम गन्तव्य देशहरु मलेसिया र साउदी अरबमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमण दर घट्दै गएको साउदीमा झण्डै ९ महिनापछि पुन बढ्न थालेको साउदीको स्थानीय सञ्चार माध्यम अरब न्युजले उल्लेख गरेको छ । इस्लाम धर्मावलम्बीको महान् चाड इद मनाएको एक हप्तापछि नै कोरोनाको सङ्क्रमण दर दैनिक एक हजारले बढेको हो ।

हिजो बुधबार साउदीमा एकै दिन १२ सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यही सङ्क्रमण दर २० अगस्ट २०२० मा थियो । झण्डै ९ महिनापछि साउदीका विभिन्न ठाउँहरूमा एक सयभन्दा बढी कोरोनाको केशहरू भेटिएको छ । मक्कामा ३४९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने रियादमा ३३४, पूर्वी भेगमा १४८ र मदिनामा १०४ नयाँ केश भेटिएको हो । अहिलेसम्म साउदीमा ४ लाख ३६ हजार २३९ जनामा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । 

साउदीले पछिल्लो समय कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ । मोबाइल एप्लिकेशनमार्फत अग्रिम दर्ता गराई मिति र समय तोकी निःशुल्क खोप प्रदान गरिरहेको छ । साउदीमा कार्यरत नेपाली नागरिकलाई पनि यथाशीघ्र खोप अभियानमा समावेश हुन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

मलेसियामा हालसम्मै धेरै संक्रमित थपिए 

मलेसियामा बुधवार कोभिड १९ को संक्रमण सुरु भएयताकै सवैभन्दा धेरै संक्रमित फेला परेका छन् । बुधवार ६ हजार ७५ जनामा संक्रमण देखिएको र यो कोभिडको संक्रमण सुरु भएयता एकैदिनमा फेला परेका धेरै संक्रमित भएको जनाइएको छ ।

ट्वीटरमा मलेसियाका स्वास्थ्य महानिर्देशक डा. नुर हिसाम अव्दुल्लाहले सवैभन्दा धेरै संक्रमित सेलेङ्गरमा देखिएका हुन् । त्यहाँ २ हजार २ सय ५१ व्यक्तिमा संक्रमण देखिएको हो । यसैगरी जोहरमा ६ सय ९९, क्वालालम्पुरमा ६ सय ६० तथा केडाहमा ४ सय ४५ व्यक्तिमा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोभिडको संक्रमणका कारण मलेसियामा ४६ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म मलेसियामा २ हजार ४० व्यक्तिको कोभिडका कारण मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी अस्पतालहरुमा सघन उपचार कक्ष (आईसीयू) लगभग भरिन थालेको छ । यसले संकट सिर्जना हुने चिन्ता स्वास्थ्य महानिर्देशक अव्दुल्लाहले व्यक्त गरेका छन् । नेपालमा पनि कोरोनाको संक्रमण तिव्र रुपमा फैलिएपछि हाल आइसीयूहरु भरिएपछि तथा भेण्टिलेटरमा विरामीहरु राख्न नसक्ने अवस्थाका साथै अक्सिजनको चर्को अभावले समस्या पारिरहेको छ ।

मलेसियामा कोभिड संक्रमण भएका मध्ये ८९ दशमलव ८ प्रतिशत व्यक्ति संक्रमण मुक्त भएको स्वास्थ्य महानिर्देशक अव्दुल्लाहले जनाएका छन् । झण्डै चार लाख नेपाली वैधानिक हैसियतमा कार्यरत मलेसियामा ठूलो संख्यामा कागजातविहिन रुपमा काम गर्ने नेपाली श्रमिक पनि रहेका छन् । कोभिडको संक्रमण बढेसँगै सो जोखिमबाट बच्न सजगता अपनाउनु पर्ने देखिएको छ ।

नेपालसँगै छिमेकी मुलुक भारत, बंगलादेश लगायतका मुलुकहरुमा पनि पछिल्लो केहि सातायता कोभिडको संक्रमण तिव्र रुपमा फैलिएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते