कुमार “अविरल” पन्थी । साउन ३०, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कुमार “अविरल” पन्थी । साउन ३०, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, न"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी सेवा समाज कतारको प्रथम बैठक सम्पन्न

३० श्रावण २०७३, आईतवार ०९:३९


कुमार “अविरल” पन्थी । साउन ३०, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको छैठौ साधारणसभा पछिको प्रथम मासिक बैठक तथा साधारणसभा सभाको समिक्षा शुक्रबार सम्पन्न भएको छ ।

बैठक सस्थाका नव निर्वाचित अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षतामा बसेको थियो । साथै बैठकमा कार्यसमितिका पदाधिकारीहरु तथा रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । गुल्मी सेवा समाज कतारको छैठौ साधारणसभा गत २९ जुलाई २०१६ का दिन सम्पन्न भएको थियो । सोहि साधारण सभाले चयन गरेको नया कार्यसमिति बीच एक आपसमा परीचयात्मक कार्यक्रम गरी बैठकलाई अगाडी बढाएइको थियो ।

बैठकमा गत २९ जुलाई २०१६ का दिन कतारको नज्मामा सम्पन्न समाजको छैठौं साधारण सभाको समिक्षा गरीएको छ । सोहि अवसरमा समाजको छैठौं साधारणसभा सभ्य एवम भव्य रुपमा सम्पन्न बनाउनका लागि विभिन्न कोणबाट सहयोग पुराउनु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिएको थियो ।

बैठकमा बोल्दै नव निर्वाचित अध्यक्ष पाण्डेले गुल्मी सेवा समाज एउटा निस्वार्थ सेवा भाव बोकेको सामाजिक सस्था हो, हामीले अझ सशक्त एवम कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई समेट्दै एक साथ भएर आगाडी बढ्नु पर्ने कुरा बताए । साथै बैठकमा समाजको सल्लाहकार समिति समेत गठन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला