२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडीमा रहेका नेपालीहरुलाई सजग रहन अनुरोध

२०७८, ५ श्रावण मंगलवार ०२:३०

साउन ५, काठमाण्डौ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद-उल-अदाको सुरु भएसंगै खाडीमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन सूचना जारी भएका छन् । 

कतार स्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै मंगलबारदेखि बिहिबारसम्म दुतावास बन्द रहने जानकारी दिएको छ । दुतावासले यो अवधिमा विदा मनाउने क्रममा नेपाली युवाहरुले गर्न सक्ने जमघट र हो-होल्लाप्रति ध्यानाकर्षण गराएको छ । दुतावासले उल्लेख गरेको छ 'विदा मनाउने क्रममा कतारको धर्म संस्कृति, परम्परा र मान्यता विपरित हुने कुनैपनि कार्य नगर्नहुनका साथै निषेधित खाद्य तथा पेय पदार्थको बेचविखन गर्ने तथा सार्वजनिक स्थलहरुमा उपभोग गरी अनावश्यक जमघट गर्ने कार्य नगर्न नगराउन हुन सबैमा अनुरोध छ ।' 

यस्तै साउदी स्थित दुतावासले एक सूचना जारी गर्दै इद अल-अदहाको अवसरमा १९ देखि २१ जुलाईसम्म दुतावास बन्द रहने जानकारी दिएको छ । 

उता बहराइन स्थित नेपाली दुतावास पनि आज मंगलबार र बुधबार बन्द हुनेछ । पर्वकै कारण दुतावास बन्द रहने व्यहोरा दुतावासको सूचनामा उल्लेख छ । 

त्यस्तै ईद-उल-अदाको अवसरमा युएई स्थित नेपाली दुतावास पनि आज र भोली बन्द हुनेछ । 

खाडी क्षेत्रमा चाडको अवसरमा बिदा मनाउने क्रममा नेपालीहरुले निषेधित खाद्य तथा पेय पदार्थ सेवन गरि भै-झगडा गर्दा हिंसाका घटना समेत हुँदै आएका छन् । यस्तो अवसरमा संयमित नहुँदा कतार, कुवेत लगायत देशहरुमा यस अघि पनि नेपालीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुले गैरकानुनीरुपमा मदिरा व्यापार गर्ने, हो -होल्ला गर्ने जस्ता क्रियाकलाप गरेका थिए । त्यसो त कुवेतमा अवैध मदिरा उत्पादन तथा बिक्रीका कारण नेपाली समुदाय बद्नाम हुँदै गएको बताइएको छ । यसै वर्षको शुरुमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो ।

मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा भेला


कोरोना महामारीकाबीच हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् ।

इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हज गर्न भेला भएका हुन् । यस वर्ष हजका लागि अघिल्लो वर्षभन्दा कम सङ्ख्यामा तीर्थयात्री मक्का पुगेका र उनीहरु मास्क तथा भौतिक दूरी कायम गरी उत्सवमा सहभागी भएका समाचार संस्था अल जजीराले जनाएको छ । 

गत वर्ष हज मनाउन विश्वभरका झण्डै २५ लाख मुस्लिम धर्मावलम्बी मक्का पुगेका थिए । साउदी सरकारले यसवर्ष कोरोनाविरुद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति दिएको छ । मक्कामा खोप नलगाउनेहरुलाई प्रवेश दिइएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते