अमेरिकामा बसोबास ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमेरिकामा बसोबास ग"/>
२० माघ २०८२, सोमबार
काठमाडौँ - KTM

सगूनले बन्द गर्यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग

१ भाद्र २०७३, बुधबार ००:४४

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम (sagoon.com) ले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाइ लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ । आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै देशबाट समेत लगानी गर्न पाउने यो अवसर सगूनले जुन २९, २०१६ देखि शुरु गरेको थियो ।

सगूनका संस्थापक गोविन्द गिरीका अनुसार सामाजिक सञ्जालको दुनियामा नेपालीहरुको नया आर्थिक र सामाजिक पहिचान स्थापित गर्न सगुनको स्थापना गरिएको हो । दक्षिण एशियालीको पहिलो स्टार्टअप कम्पनी बन्न सकेको सगुनले सर्वसाधारणलाई यसको हिस्सेदार बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणम अन्तर्गत प्राइभेट प्लेसमेन्ट अफरिङ्ग शुरु गरिएको थियो ।


‘प्राइभेट प्लेसमेन्ट शुरु गरेको दिन देखि विश्वभरबाट कसरी लगानी गर्ने, कति लगानी गर्न पाइने लगायतका विषयमा जानकारी लिन सयौँ मानिसहरुले सोधपुछ गरिरहेका थिए । यस कार्यक्रम अन्तर्गत लगानी गर्नको लागि विशेष आधारहरु पुरा गर्नु पर्ने भएकोले लगानीको चाहना गर्नेहरु मध्ये धेरै जना लगानीको लागि योग्य हुन सकेनन् । त्यसैले पनि यस कार्यक्रमलाई बन्द गरि दोश्रो चरणको लगानीको अवसर खुल्ला गर्ने प्रकृयालाई अघि बढाइएको छ’ गिरीले बताए ।


‘‘हामीले सर्वसाधारण सबैले लगानी गर्न सक्ने अवसर प्रदान गर्ने लक्ष्य लिएका छौँ । विशेष गरि नेपाली लगानीकर्ताहरुको बाहुल्यता रहोस भनेर काम गरिरहेका छौँ । त्यसको लागि मिनी आइपीओको तयारी हुँदैछ । मिनी आइपीओ सम्म आइपुग्न प्राइभेट प्लेसमेन्टको चरण पार गर्नु पर्ने भएकोले यसलाइ पहिलो चरणमा शुरु गरेका थियौँ – गोविन्द बताउँछन् ।

अबको केहि महिना भित्र नै सगुनले मोवाइल एप्स सहित मिनी आइपीओ खुल्ला गर्नेछ र यसमा इच्छुक धेरैले लगानी गर्न सक्नेछन् । मिनी आइपीओमा प्राइभेट प्लेसमेन्टमा जस्तो जटिल प्रकृयाहरु पनि नहुने र थोरै रकमबाट पनि लगानी गर्न सकिने कुराको गिरीले जानकारी दिए ।


सगुन टीमका प्रमुखले बताए अनुसार नेपालीको सगुनमा नेपालीहरुको हिस्सा बढी गराउने मुख्य अवसर नै मिनी आइपीओ हुनेछ । मिनी आइपीओ मार्फत लगानी गर्ने समय थोरै हुने, थोरै रकमबाट लगानी शुरु गर्न सकिने र हालसम्मको तथ्याङ्कको आधारमा अत्यन्तै धेरै व्यक्तिहरु यसको प्रतिक्षामा रहेकोले पनि करिब तिन महिना भित्रमा शुरु गरिने छ ।


मिनी आइपीओको चरण पश्चात सामाजिक सञ्जालको दुनियामा सगुनले ‘सोसियल स्मार्ट कार्ड’ को शुरुवात गर्नेछ जसले प्रयोगकर्ताहरुलाई समेत मुनाफाको हिस्सा वितरण गर्नेछ । प्रयोगकर्ताहरुलाई यस प्रकारको हिस्सा वितरण गर्ने सामाजिक सञ्जालहरुमा सगुन पहिलो हुने कुरा बताउछन् संस्थापक गिरी ।

 

प्राइभेट प्लेसमेन्ट मार्फत लगानी गर्नेहरु, लगानीको लागि इच्छुक र चासो व्यक्त गर्ने सम्पूर्ण व्यक्तिहरु र यो प्रकृयालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै मिनी आइपिओ मार्फत लगानी गर्न सबैलाई तयार हुन अनुरोध गर्दछन् गिरी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार