अमेरिकामा बसोबास ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमेरिकामा बसोबास ग"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

सगूनले बन्द गर्यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग

१ भाद्र २०७३, बुधबार ००:४४

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम (sagoon.com) ले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाइ लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ । आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै देशबाट समेत लगानी गर्न पाउने यो अवसर सगूनले जुन २९, २०१६ देखि शुरु गरेको थियो ।

सगूनका संस्थापक गोविन्द गिरीका अनुसार सामाजिक सञ्जालको दुनियामा नेपालीहरुको नया आर्थिक र सामाजिक पहिचान स्थापित गर्न सगुनको स्थापना गरिएको हो । दक्षिण एशियालीको पहिलो स्टार्टअप कम्पनी बन्न सकेको सगुनले सर्वसाधारणलाई यसको हिस्सेदार बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणम अन्तर्गत प्राइभेट प्लेसमेन्ट अफरिङ्ग शुरु गरिएको थियो ।


‘प्राइभेट प्लेसमेन्ट शुरु गरेको दिन देखि विश्वभरबाट कसरी लगानी गर्ने, कति लगानी गर्न पाइने लगायतका विषयमा जानकारी लिन सयौँ मानिसहरुले सोधपुछ गरिरहेका थिए । यस कार्यक्रम अन्तर्गत लगानी गर्नको लागि विशेष आधारहरु पुरा गर्नु पर्ने भएकोले लगानीको चाहना गर्नेहरु मध्ये धेरै जना लगानीको लागि योग्य हुन सकेनन् । त्यसैले पनि यस कार्यक्रमलाई बन्द गरि दोश्रो चरणको लगानीको अवसर खुल्ला गर्ने प्रकृयालाई अघि बढाइएको छ’ गिरीले बताए ।


‘‘हामीले सर्वसाधारण सबैले लगानी गर्न सक्ने अवसर प्रदान गर्ने लक्ष्य लिएका छौँ । विशेष गरि नेपाली लगानीकर्ताहरुको बाहुल्यता रहोस भनेर काम गरिरहेका छौँ । त्यसको लागि मिनी आइपीओको तयारी हुँदैछ । मिनी आइपीओ सम्म आइपुग्न प्राइभेट प्लेसमेन्टको चरण पार गर्नु पर्ने भएकोले यसलाइ पहिलो चरणमा शुरु गरेका थियौँ – गोविन्द बताउँछन् ।

अबको केहि महिना भित्र नै सगुनले मोवाइल एप्स सहित मिनी आइपीओ खुल्ला गर्नेछ र यसमा इच्छुक धेरैले लगानी गर्न सक्नेछन् । मिनी आइपीओमा प्राइभेट प्लेसमेन्टमा जस्तो जटिल प्रकृयाहरु पनि नहुने र थोरै रकमबाट पनि लगानी गर्न सकिने कुराको गिरीले जानकारी दिए ।


सगुन टीमका प्रमुखले बताए अनुसार नेपालीको सगुनमा नेपालीहरुको हिस्सा बढी गराउने मुख्य अवसर नै मिनी आइपीओ हुनेछ । मिनी आइपीओ मार्फत लगानी गर्ने समय थोरै हुने, थोरै रकमबाट लगानी शुरु गर्न सकिने र हालसम्मको तथ्याङ्कको आधारमा अत्यन्तै धेरै व्यक्तिहरु यसको प्रतिक्षामा रहेकोले पनि करिब तिन महिना भित्रमा शुरु गरिने छ ।


मिनी आइपीओको चरण पश्चात सामाजिक सञ्जालको दुनियामा सगुनले ‘सोसियल स्मार्ट कार्ड’ को शुरुवात गर्नेछ जसले प्रयोगकर्ताहरुलाई समेत मुनाफाको हिस्सा वितरण गर्नेछ । प्रयोगकर्ताहरुलाई यस प्रकारको हिस्सा वितरण गर्ने सामाजिक सञ्जालहरुमा सगुन पहिलो हुने कुरा बताउछन् संस्थापक गिरी ।

 

प्राइभेट प्लेसमेन्ट मार्फत लगानी गर्नेहरु, लगानीको लागि इच्छुक र चासो व्यक्त गर्ने सम्पूर्ण व्यक्तिहरु र यो प्रकृयालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै मिनी आइपिओ मार्फत लगानी गर्न सबैलाई तयार हुन अनुरोध गर्दछन् गिरी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने