विजय थापा/भदौ १, वाशिंगटन डिसी l नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/भदौ १, वाशिंगटन डिसी l नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सय"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

नेपाली चेली सयुक्त राष्ट्र संघको यूवा सम्मेलन अध्यक्षमा नियुक्त

१ भाद्र २०७३, बुधबार ०४:५०

विजय थापा/भदौ १, वाशिंगटन डिसी l नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ l 

सयुक्त राष्ट्र संघको इतिहास मै नेपाल आमकि छोरी जोली अमात्य उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेकी छिन् l पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली यो पदमा पुगी नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकी छिन् l 

जोली भन्छिन आफुले कहिले पनि पछाडी फर्केर हेर्दिन l उनले अगाडी भनिन नेपाल र नेपालीको नाम राख्न आफुले कुनै कसर नछोड्ने बताईन l 

जोलीले कुराकानी गर्दै यो युवा सभा सयुक्त राष्ट्र संघको सबै भन्दा ठुलो तथा लामो चलिरहेको युवा सम्मेलन हो l यो एक अद्वितीय मंच हुनुको साथै संवादलाई प्रोत्साहन गर्छ भनिन l 

यस्ले असाधारण युवा ,संयुक्त राष्ट्र उच्च अधिकारीहरु ,कर्मचारी , निजी क्षेत्र तथा नागरिक समाज बीच साझेदारीलाई उत्पादन गराउदछ उनले भनिन l 

उक्त पदमा उनि नियुक्त भए पछि ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई आफुले नेतृत्व गर्न पाएकोमा हर्षको सिमा नै नरहेको बताईन l 

आफुले संचालन गरेको सम्मेलनमा केवल ४ जना मात्रले नेपालको प्रतिनिधित्व गरेको बताईन l यो संख्या बढ्न पनि सक्थ्यो भन्दै आगामी कार्यक्रममा नेपालको प्रतिनिधित्व बढ्नु पर्ने आफ्नो मान्यता रहेको बताइन l 

उनले गत अगस्त १० देखि १२ सम्म सयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा युवा सम्मेलनमा यूवा सम्मेलनकि युवा अध्यक्षता गरेकी थिइन् भने जसको मुख्य उदेश्य दिगो विकास लागि संयुक्त राष्ट्रको २०३० कार्यसूचीको कार्यान्वयनमा युवा नेता र युवा व्यवसायीलाई सशक्तिकरण गर्नु रहेको छ l 

उनको अध्यक्षतामा भएको सम्मेलनमा उनले सम्बोधन गर्दै भनिन म यो कुरामा जहिले पनि विश्वास गर्छु कि जब तपाईको अभिलाषा र तपाईको लक्ष्य ठोकिन्न्छ त्यहाँ बिस्फोटन हुन्छ त्यसले तपाईलाई सदैब ज्वाला दिन्छ भनिन l म त्यो अभिलाषा र लक्ष्य तपाईहरु संग चाहन्छु भनिन l उक्त सम्बोधन को क्रममा सयुक्त राष्ट्र संघका महा सचिब बान कि मुनले बिशेष संदेश सुनाईन l 

सन् २०१३ देखि नै नेपालको प्रतिनिधित्व गर्ने गरेको बताउदै तर छोटो समयमा बढुवा पाएको बताईन l उनले अगाडी भनिन सन् २०१५ मा आफु सह-अध्यक्ष भै समेत गरेको तर मेहनत गरेको कारण यस पटक उक्त पदमा पुगेको बताईन l 

गत सात बर्ष देखि सयुक्त राष्ट्र संघ अन्तर्गत युएन महिला ,वर्ल्ड बैंक ,हेबी टेट फर हुमानीटि ,एक्सन एड नेपाल आदि ईत्यदिमा काम गरेको उनि संग अनुभव छ l 

उनले कुराकानी गर्दै भनिन आफु नेपाली भएको नाताले नेपालका युवाहरुमा अद्भूत सम्भावना रहेको र सहि निर्देसन ,परामर्श तथा अवसर आवस्यकता रहेको बताईन l 

उन्ले युएस नेसनल कमिटि फर वुमेनको कार्यकारी अर्थ समिति तथा व्हाइट हाउसको एएपी आइ युथ फोरम तथा एसियन अमेरिकन प्यासिफिक आई ल्यानडर्समा काम गर्ने मौका पाएको भनिन l 

उनलाई ग्लोबल कनेक्सन फर वुमेन फाउन्डेसन भन्ने संस्थाले गत बर्ष २०१५ मा योङ्ग ग्लोबल लिडर एचिभमेन्ट " पदकले सम्मान गरेको थियो l 

उनि गैर मुनाफा सामाजिक संस्था कमिटि अफ द स्टाटस अफ वुमेनको युवा व्यवसायिक हुन् भने उनले कमिटि अफ द स्टाटस अफ वुमेनको नेपालको प्रतिनिधित्व समेत गरेकी छिन् l युएन प्रधान कार्यालयमा सन् २०१२ देखि २०१६ सम्म निरन्तर रुपमा प्रतिनिधित्वगर्न पाएकोमा नेपाली भएको नाताले गौरव लागेको बताईन l उनलाई सयुक्त राष्ट्र संघ मा पटक पटक वक्ताको रुपमा निमन्त्रणा आई रहने उनले बताइन l 

नेपालमा जन्मिएकी जोली काठमाडौँ सेन्ट मेरिज उच्च माध्यमिक मा पढेकी हुन् l सन् २००७ मा महिलाको आवाज भन्ने उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गर्ने भाग्यशाली युवा हुन् जुन समयमा उनि बिध्यालयमा अध्ययनरत थिईन l 

उनले अमेरिकाको आएवा बिद्यालयमा बित्त तथा लेखा संकाय पश्च्यात बोस्टन स्थित हार्वर्डमा विश्व बिद्यालयमा पूर्वस्नातक (अन्डर ग्रजुएट )तहमा अध्ययन गरेकी छिन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने