बिजय शर्मा दर्पण, स्विजरल्याण्ड  । प्रवासका सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय शर्मा दर्पण, स्विजरल्याण्ड  । प्रवासका सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । 
"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका शकुन्तला थापा तिजको अबसरमा स्विजरल्याण्ड आउदै

२ भाद्र २०७३, बिहीबार ०२:०३

बिजय शर्मा दर्पण, स्विजरल्याण्ड  । प्रवासका सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । 

हरितालिका तीज आउन लगभग २ हप्ता बाँकी रहेपनि प्रवासमा यसको रन्को सुरू भैसकेको छ । प्रवासमा हरितालिका तीज मनाउने प्रचलन बढ्दो छ । तिथि मिती भन्दापनि समय अनुकुल हुनेगरी अगाडि र पछाडि बिदाको दिन पारेर मनाइने गर्छ चाडबाड ।

पहिलो पटक  एन आर एन स्विजरल्याण्डको आयोजनामा  जुलार्इ  २७ तारिखका दिन तीज धमाका हुने भएको छ । संघकी उपाध्यक्ष सिमा गौतमको संयोजकत्वमा स्विजरल्याण्डको आराउ सहरमा संन्चालन हुने तीज धमाकाका लागि इटालीवाट चर्चित लोक गायिका शकुन्तला थापा आउने भएकी छन् ।

बिदेशमा बस्ने नेपालीका लागि कला संस्कृतिको जर्गेनाका साथै जमघट अनि आपसी सदभावको माध्यम हो सांस्कृतिक कार्यक्रम, एन आर एन स्विजरल्याण्डका महासचिब भुमि गुरुङले बताए ।

कार्यक्रममा बिशेषत प्रवासमा बस्ने नेपाली दिदी बहिनीहरुको लागि तीज गीतका साथै अन्य लोकगीत र संगित पस्कने कार्यक्रम रहेकोले धेरै भन्दा धेरै स्विस बाशी नेपालिहरु उपस्थित हुन सक्ने एन आर एन महिला फोरमकी संयोजक सुभा एल्मर लामाले बताउनुभयो । 

लामाले थप्नु भयो – चाडबाड र पर्वहरुसँग हाम्रो गीत संगितको पनि साइनो गासीएको छ, हाम्रो नेपाली समाज तिजमा माइतीका संझना अनि राता पहिरनका कथा अनि ब्यथा गाइने र सुनिने गरिन्छ । हामीले प्रवास रहेर पनि आफ्नो चाडबाड र रीती रिवाज अनि परम्परालाई कायमै राख्नु महत्वपुर्ण कुरा हो ।

एन आर एन स्विजरल्याण्डले पहिलो पटक आयोजना गर्ने भएको हरितालिका तिजको कार्यक्रममा रमणीय तिज गीत र नाचगान सहित भब्यतापुर्बक मनाइने तयारि गरिरहेको छ । यसअघि लगभग १० बर्षदेखि तिज कार्यक्रम गर्दै आएकी बिजया भट्टले यो साल बाट तिज कार्यक्रम गर्न एन आर एन स्विजरल्याण्डलाई जिम्मा दिनु भएको थियो ।

नेपाली संस्कार,रितीरिवाज र परम्परालाई उजागर गर्ने उद्देश्यले विगतमा विभिन्न चाड पर्व, कला तथा संस्कृती झल्काउने कार्यक्रम गरे जस्तै यस पटक पनि महिलाहरुको पर्व तिज मनाउने निर्णय एन आर एन स्विजरल्याण्डको बैठक बहुमतले पारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन