२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए भेला: पत्रकारलाई ठेगान लगाइदिने चेतावनी !

२०७८, १० कार्तिक बुधबार ०४:१२

न्युज कारखाना | कात्तिक १०, अमेरिका | गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरूले विदेशमा कार्यरत पत्रकारमाथि गालीगलौज तथा डरधम्की दिएका छन् । 

गैरआवासीय नेपाली संघ अमेरिकाको सक्रियतामा आइतबार सम्पन्न भेलामा सहभागी अध्यक्षहरूले आफ्नो अनुकूल समाचार नलेख्ने पत्रकारहरूलाई ठेगान लगाइदिने धम्की दिएका हुन् । 

एक दर्जन राष्ट्रिय समितिका अध्यक्षहरू सहभागी भएको बन्दसत्रमा गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिग्राम डुम्रेले संघको निर्वाचनमा आफ्नो पक्षले जितेपछि केही पत्रकारलाई ठेगान लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए । 

गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष दिपक गौतमले पत्रकारहरूले संघको केन्द्रीय कार्यालयबाट सूचना लिएर समाचार लेखेको भन्दै आक्रोश पोखेका थिए । पछिल्लो समयमा पंजीकृत सदस्यहरूको शुल्क नतिरेको र नेपाल बाढीपहिरोले आक्रान्त भएको बेला अध्यक्षहरू विधानविपरीत भेला गर्दै हिँडेको भन्दै आलोचना भएका समाचार प्रकाशित भएपछि उनीहरू आफ्नो कमजोरी ढकछोप गर्न आक्रामक भएका हुन् । 

भेलाको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पत्रकार श्याम लुइँटेल र चिरन शर्मालाई जरोसमेत उखलेर फाल्ने धम्की दिँदै सार्वजनिक बेइज्जतीसमेत गरेका छन् ।

लुइँटेल नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार  र शर्मा महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष हुन् । पत्रकार सम्मेलनमा लुइँटेलले एनआरएनएको विधानका धारा उल्लेख गर्दै यसरी विधानविपरीत भेला आयोजना गर्न हुन्छ र ? भन्नेलगायतका प्रश्न गरेका थिए । शर्माले पनि केन्द्रीय समिति नै अवैधानिक भन्ने, फेरि त्यही केन्द्रीय समितिलाई नै माग राख्ने कसरी वैधानिक हुन्छ ? भन्ने प्रश्न सोधेपछि मगर आक्रोशित भएर धाकधम्की दिएका हुन् ।

गाहा मगरले पत्रकारको प्रश्नको मर्ममा प्रवेश नै नगरी सार्वजनिक कार्यक्रममै गालीबेइज्जती सुरु गरेका थिए । उनले पत्रकार सम्मेलनमा शर्मालाई आउन दिनै नहुने तर्क गरेका थिए । गाहा मगर बेलायतकै अर्का पत्रकार लुइँटेलमाथि खनिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते