२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनमा एक नेपाली पक्राउ

१२ पुष २०७८, सोमबार १५:५६

पुस १२, काठमाडौँ | पोखरामा १५ वर्षअघि भएको एक हत्यामा संलग्न व्यक्ति बहराइनमा पक्राउ परेका छन् ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइनमा प्रहरीले पोखराका अशोक गुरुङलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार २९ वैशाख २०६३ मा पोखराको सात मुहानेमा भएको रोजन राईको हत्यामा उनी संलग्न देखिएका थिए ।

‘तर त्यसबेला उनको संलग्नता नखुल्दा उनी भागेर वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरले भने, ‘अहिले संलग्नता खुलेपछि २७ मंसिरमा गुरुङविरुद्ध रेड नोटिस जारी भएको थियो ।

प्रहरीका अनुसार गुरुङले सामान्य विवादमा रोजन राईलाई दाउराको चिरपट प्रहार गरेर गम्भिर घाइते बनाएका थिए । लगत्तै उपचारका लागि अस्पताल लगिएकामा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

इन्टरपोल नेपालका एक अधिकृतका अनुसार गुरुङलाई कूटनीतिक माध्यमबाट सुपुर्दगी गरेर कामाडौं ल्याउने प्रयास भइरहेको छ । ‘उनी संलग्न रहेको अदालती प्रमाणसहित ३० दिनभित्र उनलाई लिन टोली पठाउन भनिएको छ’ ती अधिकृतले भने, ‘त्यसैको तयारी गरिरहेका छौं ।’

एनसीबी नेपालले यही वर्ष सरकारी कागजात कीर्ते कसूरका आरोपी केदार ढुंगानालाई सुपुर्दगी गरेर पोर्चुगलबाट नेपाल ल्याइसकेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणका कृष्ण गोपाल अग्रवाल पनि इन्टरपोलकै सहयोगमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो