२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका ८८ प्रतिशत नेपालीले कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाए

२०७८, २३ पुष शुक्रबार १०:३८

पुस २३, काठमाडौँ | नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया, न्यूजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरियालगायतमा रहेका नेपालीले खोप लिएका छन् ।

तर भारत, बंगलादेश जस्ता देशमा भने ७० प्रतिशतभन्दा कम नेपालीले खोपको पूर्ण मात्रा लगाएका छन् । न्यूनतम खोप उपलब्ध भएका देशमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको ३० प्रतिशतभन्दा कमले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् ।

कोरोनाविरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीले तेस्रो मात्रा लगाउन थालेका छन् । अहिलेसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् । बेलायतमा रहेका ६० प्रतिशतभन्दा बढी नेपालीले बुस्टर लिएको संयोजक डा. सापकोटाले बताए ।

स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपालबाहिर रहेका नेपालीको खोप लिने दर उच्च छ । समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले समेत तेस्रो खोप प्राप्त गरिसकेका छन् । हाल विश्वको कूल जनसंख्याको ५१ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको तथ्यांक छ । 

कोरोना महामारी सुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, स्वास्थ्य सम्बन्धमा जनचेतनाका कार्यक्रम गर्दै आएको छ ।

संघको स्वास्थ्य समिति अन्तर्गत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत २ सयभन्दा बढी चिकित्सकले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा