स्विजरल्याण्ड ।  गैर आवासीय नेपाली संघ , स्विजरल्याण्डले आयोजना गरेको तीज बिशेष कार्यक्रम हरितालिका साँझ यसै २७ अगस्ट २०१६ का दिन सम्पन्न भएको छ । कार्यक्रममा लगभग ९० जना नेपालीको उपस्थिति रहेको थियो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्विजरल्याण्ड ।  गैर आवासीय नेपाली संघ , स्विजरल्याण्डले आयोजना गरेको तीज बिशेष कार्यक्रम हरितालिका साँझ यसै २७ अगस्ट २०१६ का दिन सम्पन्न भएको छ । कार्यक्रममा लगभग ९० जना नेपालीको उपस्थिति रहेको थियो ।

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्विजरल्याण्डमा यस्तो देखियो तीजको रौनक (भिडियो सहित)

१२ भाद्र २०७३, आईतवार ०३:०७

बिजय शर्मा दर्पण | स्विजरल्याण्ड ।  गैर आवासीय नेपाली संघ , स्विजरल्याण्डले आयोजना गरेको तीज बिशेष कार्यक्रम हरितालिका साँझ यसै २७ अगस्ट २०१६ का दिन सम्पन्न भएको छ । कार्यक्रममा लगभग ९० जना नेपालीको उपस्थिति रहेको थियो ।


बल्ल बल्ल आएको शनिबारको साँझ, दिनभरि कामको थकाई , तैपनि रोकेन स्विजरल्यान्डका नारीहरुलाई तिजमा सजिएर नाच्न । पहिलाका बर्षहरुमा बिजया भट्टले गर्नुभएको तिज कार्यक्रमहरु पश्चात यो बर्ष देखि एन आर एन स्विजरल्याण्डले पहिलो पटक आयोजना गरेको तिज कार्यक्रममा स्विजरल्याण्डको जेनेभा सहरदेखि बर्न ,बासेल,जुरिच लगायत विभिन्न सहर सम्मका नारीहरुले खुलेरै नाचे ।

स्विजरल्याण्ड भरिका करिब ६० नारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा यहाँ रहेका ३० भन्दा बढी पुरुषहरुले पनि त्यत्तिकै साथ दिए । “बास्तबमा तिज हाम्रा लागि नाच्नु गाउनु मात्र होइन, दुख सुखको गफ गर्ने अनि आत्मियता बढाउने सु अवसर पनि हो ” भन्छिन कार्यक्रम संयोजक शिमा गौतम ले । ” नेपालमा महिलाहरु मात्र बसेर पिर बेदनाका बाढी लगाएंथ्यो तर यहाँ पुरुषहरुले पनि साथ दिएर हामीलाई त्यो पिर पनि भुलाईदिएका छन्” उनले थपिन ।


स्विजरल्याण्डमा कति राम्रा दिदि बहिनिहरु हेर भन्दै सुरुवात गरेकी प्रमुख अतिथि तथा दोहोरि गायिका शकुन्तला थापाले कार्यक्रमलाई ब्यापक मनोरंजन प्रदान गरेकी छन् । स्थानिय कलाकार गौरी गुभाजु , राजेन्द्र भण्डारी ,अमिता श्रेष्ठ , स्विजरल्याण्डका एकमात्र नेपालि गायक सुवास सुन्दास लगायत स्थानिय नेपालीहरु कम्मर मर्काएर गायिका थापाको गितमा झुमे ।

दोहोरि गायिकाले धमाकेदार तिज गितहरु को नाचेर थाक्ने , सिरमा लाउने सिर्फ़ुल, मेरो कालेलाई जे लाएनि सुहाउछ , सबैले भन्छन मै राम्री छु रे , रातो गलबन्धि अनि तातो गलबन्धि लगायतका गित गाउंदा उपस्थित सबैजना कम्मर हल्लाउंदै नाचे ।


तिज कार्यक्रमको आयोजनाले भाषा, संस्कृती, रहनसहन, भेष भुषाको संरक्षण हुनुको साथै यहिं हुर्के बढेकाहरुको लागि संस्कृतीको समेत पहिचान हुने महिला संयोजक तथा कार्यक्रम कि सह संयोजक सुभा एल्मर लामाले मेरोजिल्ला डट कम लाई बताउनु भयो ।

गैर आवासीय नेपालि संघ स्विजरल्याण्डले आयोजना गरेको उक्त तिज कार्यक्रममा खानाको लागि संघका सचिब फणिन्द्र पन्तको नेतृत्वमा  महासचिब  भुमि  राज गुरुङ  , कोषाध्यक्ष शुक्र श्रेष्ठ , प्रबक्ता सन्तोष राई   , सदस्य विजय शर्मा दर्पण , गुण राज शर्मा को साथमा आनन्द पोख्रेल ले ब्यबस्थापन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…