२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भर्जिनियामा नेपाली लोकप्रिय कलाकार कुन्ती देखि प्रकाशका बेजोड प्रस्तुति

२०७९, १२ बैशाख सोमबार ०८:२८

वैशाख १२, काठमाडाैं | नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा वृहत् साङ्गीतिक साँझ कार्यक्रम आयोजना गरेको छ । एकै मञ्चमा एकै पटक राष्ट्रिय स्तरका अत्यधिक लोकप्रिय कलाकारहरू चर्चित गायिका कुन्ती मोक्तान ,लोकप्रिय गायिका अन्जु पन्त ,हाल सर्वाधिक माग भएका प्रकाश सपुत तथा सबैका मन पर्ने गायक किरण गजमेरको बेजोड प्रस्तुतिको कारण दर्शकहरू खुसीले गद्गद र प्रफुल्ल हुँदै नाचेका थिए । लामो समय पछि भर्जिनियामा आयोजना भएको साङ्गीतिक कार्यक्रममा दर्शकहरूले कलाकारहरूको प्रस्तुतिमा साथ दिएका थिए ।

कार्यक्रममा यस क्षेत्रका नेपाली समुदायहरू तीन पुस्ताहरु पनि संगै कार्यक्रम हेर्न र कलाकारहरुलाई हौशला प्रदान गर्न आएका थिए । कैयौ दर्शकहरू पुरै टिकट बिक्रि भएको कारण फर्कनु समेत परेको थियो । गायिका कुन्ती मोक्तानले आफ्ना दर्शकहरुलाई मन पर्ने उनका कालजयी गीतहरू माथि माथि सैलुंगेमा लगायत गीतहरू प्रस्तुत गरेकी थिइन् भने उनका पति शिला बहादुर मोक्तान तथा उनलाई सम्मान गरिएको थियो ।अन्जु पन्तले पनि आफ्ना केही चर्चित गीत गाउँदै आफू मञ्चमै झुम्दा दर्शकहरूले साथ दिएका थिए । उनले सुर्के थैली लगायत केही गीतहरू प्रस्तुति गरेकी थिइन् । त्यस्तै गरी भ्वाईस अफ नेपाल–३ का विजेता युवा गायक किरण गजमेरले अझ माहौल तताएका थिए । 

कार्यक्रमका मुख्य आकर्षण मध्ये कै चर्चित कलाकार प्रकाश सपुत मञ्चमा आउँदा अझ दर्शकहरू औधी रमाएका थिए । उनले पनि आफ्ना ज्यादै चलेका गीतहरू पस्केका थिए भने उनले गीत गाउँदासँगै दर्शक झुमेका थिए । समयको अभावको कारण धेरै गीतहरू प्रस्तुति गर्न नपाएता पनि उनले दर्शकलाई बेजोड नचाएका थिए । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री प्रमुख अतिथि रहेका थिए भने मञ्चमा न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेतीले छोटो बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले