१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन सीधै राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन माग

१७ बैशाख २०७९, शनिबार ०६:०४

वैशाख १७, लन्डन | बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुदाँ नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन् ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान यूके नेपालका प्रमुख संयोजक सन्तोष थलङले बेलायतस्थित नेपाली दूतावासमार्फत अर्थमन्त्रीलाई एक पत्र लेख्दै सरकारको दशकौं देखि पाउण्ड स्टर्लिङबाट भारुमा हुँदै नेपाल आउने भूतपूर्व गोर्खाहरुको पेन्सन पाउण्ड स्टर्लिङ सीधै नेपाल राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन नेपाल सरकार तथा बेलायत सरकारसंग जोडदार माग गरेका हुन् ।

देशलाई संकट परेको अवस्थामा हामीले हाम्रो जिन्दगीको बाजी लगाएर आर्जेको ब्रिटिश सेनाको पेन्सन र क्षतिपूर्ति पाउण्ड स्टर्लिङमै नेपाल राष्ट्र बैंकमा जम्मा हुने ब्यवस्था मिलाई देशका लागि बैदेशिक मुद्रा आयात गर्ने दीर्घकालिन श्रोत निर्माण गरि देशको अर्थतन्त्रमा योगदान पुरयाउन चाहन्छौं पत्रमा उल्लेख छ ।

उनीहरुले नेपालमा हाल अर्थतन्त्रमा देखिएको संकटप्रति चासो देखाउँदै नेपाली नागरिकता निरन्तरताको सुनिश्चितता नभएर दीर्घकालीन बसोबास नै बेलायतमा हुने परिस्थिति भए गोरखाहरुले वाध्य भएर नेपालमा भएका आफ्नो चल–अचल सम्पत्ति बिक्री गरि अर्बौँ नेपाली मुद्रा बेलायत तिरै लैजानुपर्ने स्थिति सृजना हुनेतर्फसमेत सचेत गराएका छन् ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समितिले संयुक्त रुपमा शुक्रबार लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत  अर्थमन्त्रीलाई पेस गरेको पत्रमा  वैदेशिक मुद्रा आयात गर्ने दीर्घकालिन श्रोत निर्माण गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउन लालयित भएको जनाउंदै गोर्खाहरुले यसका लागि तत्काल पहल गर्न नेपाल सरकारलाई विशेष सुझावसहित अनुरोध गरेका छन् ।

उनीहरुले पत्रमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको निर्णायक आन्दोलन पश्चात नेपाल सरकार, बेलायत सरकार र गोरखा प्रतिनिधिबीच सम्पन्न हुने वार्तामा यस बिषयलाई  प्रमुख एजेन्डाका रुपमा समावेश गरिएको स्मरण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन