२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल

१२ जेष्ठ २०७९, बिहीबार १०:४९

जेठ १२, काठमाडौँ | एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका हुन् । 

रुस र युक्रेनबीच तीन महिनादेखि युद्ध चलिरहेका बेला संसदमा खनालले भने, ‘पश्चिमा र पूर्वी शक्तिको बीचमा तीव्र ढंगले प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धा अहिले विश्वव्यापी रूपमा फैलिँदो अवस्था छ । यही प्रतिस्पर्धाको एउटा सिकारको रूपमा युक्रेन भइरहेको छ ।’ 

युक्रेनमा भइरहेको युद्धले युरोपमा दुईवटा शक्ति युद्धको अवस्थामा रहेको भन्दै उनले सो युद्ध तुरुन्तै टुंगिने अवस्था नरहेको बताए । पश्चिमा महाशक्तिहरू र रुस दुवै शक्ति युद्धलाई तत्काल टुंग्याउने अवस्थामा नरहेका भन्दै उनले पश्चिमा शक्तिमा लागेकाले युक्रेन युद्ध झन झन लम्बिने अवस्था देखिएको छ । जसकारण मुद्रास्फिति, खाद्य संकट, इन्धनको मूल्यवृद्धि भइरहेको उनको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा