२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोटो समयका लागि हङकङ जानेलाई भिसाको नियम खुकुलो

२०७९, १८ जेष्ठ बुधबार ०९:०४

जेठ १८, काठमाडौँ | एजेन्सी | कुनै निश्चित काम विशेषले अल्पकालीन समयको लागि हङकङ आउने पर्यटकले भिसामा छूट पाउने भएका छन्।

बुधबार सरकारले सार्वजनिक गरेको दुई वर्षे पाइलट परियोजनाअन्तर्गत काम विशेषले छोटो समयका लागि आउने मानिसले रोजगारी भिसा वा प्रवेश अनुमति विना नै हङकङ आउन पाउनेछन्।

आप्रवासन विभागका अनुसार यसरी हङकङ आउने मानिस बढीमा १४ दिन हङकङमा बस्न सक्छन्। यसअघि यो सीमा केवल ७ दिनको मात्र थियो। 


यद्यपि आप्रवासन विभागका अनुसार अहिले अल्पकालीनरुपमा हङकङ आउने मानिसलाई केही छूट दिइए पनि उनीहरुले हङकङ आउँदा क्वारेन्टिन र परीक्षणको बाँकी प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ। अहिलेको नियमअनुसार बाहिरबाट आउने मानिसले सात दिनसम्म निर्धारित होटलमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। 

अहिले हङकङको आप्रवासन विभागका अनुसार अहिले अघि सारिएको नयाँ योजनाअनुसार सरकारी विभागबाट अनुमति पाएका आयोजक संस्थाले बाहिरबाट आउने निश्चित क्षेत्रका दक्ष मानिसहरुलाई निमन्त्रणा पठाउन सक्छ।

त्यसरी निमन्त्रणा पाएका मानिसहरु अल्पकालीन गतिविधिका लागि रोजगारी भिसा वा प्रवेश अनुमति विना नै हङकङ आउन सक्छन्। यद्यपि यसरी हङकङ आएकाहरुले तलब भने पाउन सक्दैनन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते