१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न एनआरएनएको अनुरोध

१९ जेष्ठ २०७९, बिहीबार ०२:४२

जेठ १९, लण्डन | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।  गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ५ वर्षे अवधिको  खुला गरिएको सो बचतपत्रमा लगानी गर्न अनुरोध गरेका हुन । आचार्यले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि ठूलो अवसर भएको बताउँदै सो बचतपत्रमार्फत लाभान्दित हुन् आग्रह गरे । 

उनले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेपछि विदेशमा रहेका नेपाली उत्साहित रहेको बताए । 

 वैदेशिक रोजगार बचतपत्रमा लगानीकर्ताले १२ दशमलब ५ प्रतिशत ब्याज पाउँछन । यो ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो ।  

बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन् । ६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निस्शेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ । 

देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यस्तो बचतपत्र किन्न सक्छन् ।

अहिले लगानी गरेको पैसाँ असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । २०८४ असार १३ गते साँवा रकम फिर्ता हुनेछ ।यस्तो बचतपत्र धितो राखी बैंकबाट ऋण पनि लिन सकिन्छ । राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ । साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।

यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न खुला गरेको छ । सरकारले गरेको उक्त निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

महासंघले बजेटको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको उक्त निर्णयको स्वागत गरेको हो ।

पुजी बजारतर्फ धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्ने नीति राम्रो भएको महासंघको ठहर छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक