२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तराखन्डमा बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मृत्यु

२३ जेष्ठ २०७९, सोमबार ०४:५६

जेठ २३, उत्तराखन्ड | एजेन्सी | उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो । सबै तीर्थयात्री मध्यप्रदेशका हुन् । 


प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् ।  प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

‘राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन घटनास्थलमा सम्भव भएसम्मको सहयोगमा जुटेको छ,’ प्रधानमन्त्री कार्यालयले ट्विट गरेको छ ।

दुर्घटनापछि मुख्यमन्त्री शिवराज सिंह चौहानसहित राज्यमन्त्री बिजेन्द्र प्रताप सिंह, डीजीपी सुधीर सक्सेना, अतिरिक्त मुख्य सचिव (गृह) राजेश राजोरालगायतको टोली देहरादून प्रस्थान गरेको थियो । प्रहरीले अनुसन्धान गरेकाे छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा