१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन राजदुतको आग्रह

२५ जेष्ठ २०७९, बुधबार ०९:३५

जेठ २५, काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले त्यहाँ रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन आग्रह गरेका छन् ।

राजदूत ढकालले युएइमा कार्यरत नेपाली डाक्टर, पाइलट, वैज्ञानिक, प्राज्ञिक व्यक्तित्वलगायतसँग एक अन्तरक्रिया कार्यक्रममा उक्त आग्रह गरेका हुन् । 


‘सो अवसरमा मैले उहाँहरूलाई परराष्ट्र मन्त्रालयमा रहेको ब्रेन गेन सेन्टरमा आबद्ध भई मुलुकको विकास र समृद्धिमा आ–आफ्ना ठाउँबाट योगदान गर्न अनुरोध गरेको थिएँ,’ राजदूत ढकालले बताएका छन् । 

कार्यक्रममा उनीहरुले मातृभूमिप्रतिको अगाध प्रेम र आफूले आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि आफ्नै देशमा सदुपयोग गर्ने चाहना व्यक्त गरेको उनले जनाए । 

पछिल्ला वर्षहरूमा युएइमा उच्च दक्ष र दक्ष क्षेत्रमा कार्यरत नेपालीहरूको संख्या बढ्दै गएको छ । युएइका प्रतिष्ठित एअरलाइन्सहरूमा दर्जनभन्दा बढी नेपाली पइलटहरू कार्यरत रहेका छन् । दर्जनौ डाक्टर, इन्जिनियर र नर्सहरू पनि युएईमा कार्यरत छन् । 

ठूलठूला बहुराष्ट्रिय कम्पनीहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारीमा, चार्टर एकाउन्टेन्ट, वैज्ञानिक, प्राज्ञ, कार्यकारी सेफ, आइटीविज्ञ आदिको संख्या पनि बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक