२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख माग्न बाध्य

२०७९, २६ जेष्ठ बिहीबार ०७:१२

जेठ २६, नयाँ दिल्ली | एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको समस्तीपुर सहरमा खिचिएको भिडियो क्लिपमा वृद्ध पुरुष र महिला घरघर गएर मानिसहरूलाई मद्दत मागिरहेको देख्न सकिन्छ ।

अस्पतालका कर्मचारीले आफ्नो मृत छोराको शवको बदलामा मोटो घुस मागेपछि उनीहरूले भिख माग्न बाध्य भएको दम्पतीले बताए । 


दोषी कर्मचारीविरुद्ध कारबाही गरिने कर्मचारीले जनाएको छ । दम्पतीको अवस्थाले हजारौं गरिब भारतीय परिवारहरूको दुर्दशालाई प्रतिबिम्बित गर्दछ जसले अस्पतालबाट शव उठाउन मोटो रकम तिर्नुपर्छ । 

केही दिनअघि मुकेश ठाकुर र उनको पत्नीको छोरा हराए । यसै साताको सुरुमा छोरा हराएको सूचना आयो । उनको शव शहरको सद्दार अस्पतालमा रहेको खुलासा भयो । 

सद्दार अस्पताल पुगेपछि अस्पतालका कर्मचारीले शव लैजान ५० हजार भारु मागेका थिए । कर्मचारीले घुस मागेपछि बाबुआमा छोराको शव उठाउन सर्वसाधारणको घरघरमा पैसा संकलनका लागि पुगेका हुन् । 

उनीहरुले पैसा संकलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

घटनाबारे आफूले नजिकबाट अवलोकिन गरिरहेको सो अस्पतालका चिकित्सक एसके चौधरी बताउँछन् । उनको भनाइ उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले लेखेको छ, ‘दोषीलाई छुट दिइने छैन । यो मानवताको लागि लज्जास्पद विषय हो’। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते