२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए यूएईको नयाँ नेतृत्वमा ढुंगाना

२०७९, २६ जेष्ठ बिहीबार १०:३०

जेठ २६, काठमाडौँ | गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएई नेतृत्वको जिम्मेवारी ठाकुरप्रसाद ढुंगानालाई दिइएको छ। सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।

‘यूएई एनसीसीमा लामो समयदेखि देखापरेको विवाद अब टुंगिएको छ। धेरै प्रयास र पहलपछि सहमतिका आधारमा नयाँ कार्यसमिति बनाइएको हो। यो कार्यसमितिले आईसीसीसँगको समन्वयमा राम्रोसँग काम गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ डा. केसीले भने।

केही दिनअघि बर–दुबई कार्लटनकाे होटलमा संघका मध्यपूर्व क्षेत्रीय संयोजक मनोजकुमार श्रेष्ठ (गोर्खाली) को अध्यक्षता सम्पन्न भेलाले ढुंगानाको नेतृत्वमा ५७ सदस्यीय समिति निर्विरोध चयन गरेको हो। अध्यक्ष ढुंगाना व्यवसायी हुन्।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा चयन भएका छन्। यसैगरी उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, नरेश सेन, मदन अधिकारी, जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, नोमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल, कृष्णप्रसाद पौडेल र कृष्ण ठाकुर चयन भएका छन्। यस्तै सोनम श्रेष्ठ महिला उपाध्यक्ष बनेकी छिन्।

त्यस्तै दीपक खड्कालाई महासचिवको जिम्मेवारी दिइएको छ। यसैगरी सचिवमा पुस्कर शर्मा सापकोटा,सुमन पराजुली, वीरेन्द्र नकर्मी, मुन्ना साम्सुल, निरञ्जन खत्री, ताराबहादुर बोहरा र कुमार लम्साल छन्।

यस्तै विष्णुलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन् भने रमेश गौतम र प्रकास थापा सहकोषाध्यक्ष भएका छन्। युवा संयोजकमा भीम मल्ल ठकुरी चयन भएका छन् भने युवा सहसंयोजकमा अपिल भट्टराई र शम्भु पोख्रेल चुनिएका छन्। भेलाले पूर्व अध्यक्षसमेत रहेका रमेश श्रेष्ठलाई प्रमुख संरक्षकको जिम्मेवारी दिएको छ।

आन्तरिक विवादका कारण एनसीसी यूएईको अधिवेशन पटक–पटक विथोलिएको थियो। विवादकै कारण झण्डै एक वर्षदेखि एनसीसी यूएई नेतृत्वविहीन रहन पुग्यो।

भेलामा केन्द्रीय अध्यक्ष डा. केसी आफै दुबई पुगेका थिए। यस्तै उपाध्यक्ष धर्मराज अधिकारी, युरोप संयोजक ललितकुमार न्यौपाने र रसियाका अध्यक्ष शिवमणि भुर्तेल पनि भेलामा अतिथिका रुपमा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा