क्यानर्बेरा | अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... क्यानर्बेरा | अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गर"/>
१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

१ असार २०७९, बुधबार ०७:२८

असार १, क्यानर्बेरा | अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गरिएको हो । 

स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधबार घोषणा गरेको न्युनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्युनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्युनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो । 

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि 

हरेक मजदुरले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ। केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५.१ प्रतिशत पारिश्रमिक बृद्धि गर्न आग्रह गर्नु भएको थियो ।  

तर विभिन्न कर्मचारी सङ्गठनहरुले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक बृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुबैको मागको बिचमा रहेर ५.२ प्रतिशत बृद्धि गर्ने निर्णय आयोगले गरेको छ । 

आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको पारिश्रमिक अति न्युन भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन आग्रह दबाव दिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “विषेश गरेर तल्लो तहका कर्मचारीहरुले तलव धेरै पढाउन पटक पटक दवाव दिदै आएका थिए ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल