१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए मलेसियाद्वारा पत्रकारहरुको स्वागत

१२ असार २०७९, आईतवार ०३:३४

असार १२, क्वालालम्पुर । गैरआवासिय नेपाली संघ एनआरएनए मलेसियाले नेपालबाट कोरोना पछिको वैदेशिक रोजगारको सम्भावना र चुनौती, रेमिट्यान्सको अवस्था र गैरआवासिय नेपालीका बिबिध गतिबिधिका बारेमा स्थलगत रिपोर्टिंगका लागि आएका पत्रकारहरुलाई स्वागत गरेको छ । 


एनआरएनए मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा तथा युवा संयोजक अरुण गिरिले क्वालालम्पुर विमानस्थलमा पुगि पत्रकार टोलीलाई स्वागत गरेका हुन । पत्रकारहरुको टोलीमा जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले, साझा सबाल डटकमका सम्पादक अनिल अधिकारी, नयाँ सडक दैनिकका संपादक ज्ञानप्रसाद पौडेल, ब्रेकलिंक्स डटकमका पत्रकार डिल्ली पाण्डे, प्रदेश अनलाइन खबर डटकम र एसियन खबर डटकमका पत्रकार शेखर लामा लगायत रहेका छन । 

पत्रकारहरु सँगको भेटमा उपाध्यक्ष सापकोटाले अव्यवस्थित रुपमा रहेको वैदेशिक रोजगारलाई व्यवस्थित बनाई हुण्डी कारोबारको अन्त्य गराउन नेपाल सरकारलाई दवाव दिन आवश्यक रहेको बताए । उनले कोरोनाको कहर अघिनै लामो समय मलेसिया रोजगार बन्द रहेर कोरोनाको कारण समेत लामो समय बन्द रहेको मलेसिया रोजगार बिस्तारै पुरानै लयमा फर्किएको बताए । सापकोटाका अनुसार मलेसियाले पछिल्लो सम्झौता अनुसार तलब बढाएपछि नेपालीहरुको लागि मलेसिया आकर्षक गन्तव्य मुलुक बनेको छ । उपाध्यक्ष सापकोटाले मलेसिया रोजगार खुलेसँगै र तलब समेत बढेसँगै म्यानपावरहरुको अस्वस्थ प्रतिष्पर्धाको कारण कामदारको लागत बढेको बिषयलाई नियन्त्रण गर्न नेपाल सरकार गम्भीर बन्नु पर्नेमा ध्यानाकर्षण गरे ।

स्थलगत रिपोर्टिंगका क्रममा मलेसियामा रहेर पत्रकारहरुले पछिल्लो समय मलेसिया रोजगारमा आएको समस्या र नेपालीहरुको गतिबिधिबारे नजिकबाट बुझ्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ