२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म नेपालमा ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावट बिजुली

१८ असार २०७९, शनिबार ०२:४५

असार १८, लण्डन | नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ। 

नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा लण्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक शुशील भट्टले भने“नेपाल लगानीका लागि उपयुक्त मुलुक हो।” 

नेपालले अहिले भारतलाई बिजुली बेच्न थालिसकेको बताउँदै भारत र बंगलादेश विद्युत निर्यातको लागि ठूलो बजार रहेको बताए। उनले नेपालमा यातायता, सडक, कृषि, आइटी तथा उत्पादन क्षेत्रमा लगानीको लागि गर्न आग्रह गरे। 

नेपाल लगानी बोर्डले आगामी  १० वर्षभित्र नेपालमा ५ वटा अन्तराष्ट्रिय विमानस्थल, र वार्षिक ५ मिलियन पर्यटन भित्राउने लक्ष लिएको जनाएको छ। 

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपालमा संविधान बने पछि राजनैतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा लगानीको लागि प्रशस्त सम्भवना रहेको बताए । उनले नेपाल महाभूकम्पका कारणले भएको क्षतिबाट माथि उठेर अब आर्थिक संमृद्धिको दिशामा अघि बढेको बताए ।

कार्यक्रममा आन्तरिक व्यापार विभागका मेनिफ्याक्चिङ इनर्जी एन्ड इन्फास्ट्रक्चरका निर्देशक रोडनी ब्राकलीले नेपालमा आफ्नो लगानीको लागि अनुभव सुनाउदै लगानीको लागि आग्रह गरे । उनले लगानीबाट प्राप्त हुने मुनाफामा दोहोरो कर प्रणाली खारेज हुनु पर्नेमा जोड दिए । 

कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका प्रमुख राजेश हिमानीले  नेपालमा लगानीका चुनौतिको बारेमा चर्चा गरेका थिए ।  

कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्साल र उपसचिव रमेश अधिकारीले नेपालमा लगानीका सम्भवनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डले लगानीकर्तासंग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए । 

कार्यक्रममा डोल्मा एम्प्याक्ट फण्डकासंस्थापक कार्यकारी अधिकृत टिम गोचरले  नेपाल लगानीको लागि प्रसस्त सम्भवाना हरेको मुलुक भएको बताउँदै उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा लगानीको क्षेत्रमा सामान्य चुनौति रहे पनि प्रतिफल प्राप्त हुनेमा ढुक्क हुन आग्रह गरे।  उनले लगानीका लागि नेपाल विश्वकै सबैभन्दा आकर्षक गन्तव्य  भएको बताए ।

सम्मेलनलाई सम्बोधन गदै  गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुले हाइड्रो, बैंकिङ, स्वास्थ्य क्षेत्रमा लगानी गरेको चर्चा गर्दै संघले नेपाल सरकारसंग सहकार्य गर्दै काम गरिरहेको जानकारी दिए । उनले नेपाल लगानीको लागि 'भर्जिनल्याण्ड' भएको बताए । 

नेपाली दुतवास लण्डनकी उप्रमुख रोशन खनालले संचालन गरेको कार्यक्रममा ब्रिटिस नेपाल चेम्बर अफ कर्मका उपाध्यक्ष विराज भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलायतस्थित नेपाली व्यवसायी, लगानीकर्ता, पत्रकार समाजसेवी लगायतको बाक्लो उपस्थित थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा