२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीका लागि इजरायल जाने ६९८ युवाको प्रवेशाज्ञा जारी

२०७९, १९ श्रावण बिहीबार ०६:५९

साउन १९, काठमाडौं | आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारीमा जान हालसम्म ६९८ नेपाली युवाले प्रवेशाज्ञा (भिसा) पाएका छन ।

लामो समय रोकिएपछि पुन: सुचारु भएको प्रक्रियामा सहजिकरण भएपछि प्रवेशाज्ञा पाउनेको संख्या बढ्दै गएको हो । भिसा प्राप्त गरेकामध्ये ४६७ भने इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले सबै प्रक्रिया पूरा भएपछि जाने क्रम सुरु भएको बताए । हाल इजरायल जाने प्रक्रियामा रहेका ८३४ मध्ये दोस्रो चरणमा ४०० जनाको भिसा आइसकेको छ । पहिलो चरणसहित भिसा प्राप्त गर्नेको संख्या भने ६९८ पुगेको छ ।

इजरायलमा देखिएको श्रम बिवादको कुटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पछिल्लो समय चरणमा १६९ उडान भइसकेको छ । योसहित हाल इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजिकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने प्रक्रिया सुरु भएको हो । वैदेशिक रोजगार विभागले ८ र ९ साउनमा १६९ नेपालीको उडान भएको जानकारी दिएको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा कार्य गर्न छनौट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता (एसइसी) सम्पन्न भई २९७ जना कामदारहरु भने यस अघि नै इजरायल प्रस्थान गरिसकेका छन् नेपालस्थित इजरायली दूतावासले इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्व कर्मचारीको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली सहयोगी कामदारको भिषा जारी गर्ने कार्यमा सहजिकरण गरेपछि प्रवेश खुल्ला भएको छ ।

“अब जाने श्रमिकले पुन: स्वास्थ्य परीक्षण, पीसीआर र कोरोना खोप लगाई सकेका छन् । खोपको सम्बन्धमा भने यसअघि अतिरिक्त खोप लगाएको म्याद ६ महिना नाघेका व्यक्तिले मात्र गर्नुपर्ने छ । इजरायल जान श्रमिकले गर्नु पर्ने प्रक्रियाका विभागले सूचना सार्वजनिक गरिसकेको छ । विभागले बाँकी रहेका सबै युवालाई यही महिना भित्र पठाउने तयारीसहित काम अघि बढाएको जनाएको छ ।

इजरायलको पिवाले छनोट गरेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाममध्ये ९५९ को रोजगार सम्झौता र ४६६ इजरायल प्रवेश गरिसकेका छन् ।

विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने जनाइएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषसहित बढीमा ८५ हजार रुपैयाँ लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा